सुनसरी,११ असाेज । सुनसरीको रामधुनी नगरपालिका-५ युनिक लाईन झुम्कामा घरायसी बिबादका क्रममा श्रीमानले श्रीमतीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन । आज बिहान बर्ष ५६ का हिरा प्रसाद भन्डारीले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती बर्ष ५१ की साबित्रा भन्डारीसँग बादबिबादका क्रममा धारिलो हतियार खुकुरीले प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी सावित्राको स्थानिय रामधुनि मेडिकलमा उपचार भईरहेको छ भने हिरा प्रसाद भण्डारीलाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ ।