प्रदेशका संरचना खुल्न थाले, स्वास्थ्य र शिक्षा निर्देशनालय धनकुटामा स्थापना

<span class='c1'>प्रदेशका संरचना खुल्न थाले, स्वास्थ्य</span> <span class='c2'>र शिक्षा निर्देशनालय धनकुटामा स्थापना</span>

धनकुटा, ११ असोज । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले जनताहरुलाई संघियताको अनुभूति दिलाउने गरी जिम्मेवार सम्हाल्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
धनकुटामा स्थापना गरिएको शिक्षा विकास र स्वास्थ्य निर्देशनालयको उद्घाटन पछि कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश नम्बर १लाई समृद्ध बनाउनको लागि सबैको दायित्व रहेकोले संघीयताको अनुभुती सबै सरकारी संयन्त्रले दिलाउनु पर्ने बताए । उनले स्थापना भएको कार्यालयबाट प्रदेश नं.१ का जिल्लाहरुले पाउने सेवा प्रति जिम्मेवार हुन ति कर्मचारीलाई निर्देशन दिए ।
‘बिश्वको संघियतामा प्रदेशको अभ्यास सबैको लागि नयाँ हो’ उनले भने, प्रदेश सरकार र निति निर्माण गर्दा केही दुःख भोगेपनि अब कर्मचारीले यो नयाँ अभ्यासको कठिनाईलाई बुझेर काम गर्नु होला ।’
धनकुटामा स्थापना भएको दुईवटै निर्देशनालयबाट प्रदेश नं.१ का १४ जिल्लाहरुमा रहेका शिक्षा र स्वास्थ्य कार्यालयहरुको प्रशासनिक काम हुनेछ ।
कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले धनकुटाको क्षेत्रीय संग्राहलयलाई प्रदेश स्तरीय संग्राहलयका रुपमा विकास गर्ने आश्वासन दिएका छन् । प्रदेश नं.१ प्रमुख सचिव केदार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभसद्हरु निरन राई,ईन्द्रमणि पराजुली, कुसुम श्रेष्ठ, जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक चौहान र धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्गले प्रदेश स्तरिय कार्यालयहरु धनकुटामा स्थापना हुन थालेकोले अब धनकुटाले अपेक्षा गरे अनुसारको प्रादेशिक संरचना पाउन थालेको बताए । तर स्थायी राजधानी तोक्ने बिषयमा उनीहरुले धनकुटालाई बिर्सन नहुने समेत माग राख्न भ्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्