प्रदेश १काे स्थायी राजधानी विराटनगर राख्ने  बिषयमा अान्तरिक छलफल शुरु

<span class='c1'>प्रदेश १काे स्थायी राजधानी विराटनगर</span> <span class='c2'>राख्ने  बिषयमा अान्तरिक छलफल शुरु</span>

विराटनगर, १२ असोज ।  प्रदेश १काे स्थायी राजधानी विराटनगर राख्ने  बिषयमा अान्तरिक छलफल शुरु भएकाे छ । प्रदेश सांसदहरुसँग मुख्यमन्त्री शेरधन राईले  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी र नामकाे बिषयमा छुट्टा छुट्टै अान्तरिक छलफल शुरु गरेका हुन् । पहिलाे चरणमा अाफ्नै पार्टीका सांसदहरु सँग मुख्यमन्त्री राईले छलफल थालेका हुन् । सत्ता पक्षिय सांसदलाई मनाउने कसरतमा रहेका मुख्यमन्त्री राईले नेकपाका केही सांसदलाई  बिहीबार साँझ आफ्नो कार्यालयमा वाेलाएर  राजधानी र नामांकनको विषयमा राय लिएका छन् । उनले पहिलाे चरणमा मोरङ, उदयपुर र संखुवासभाका सांसदहरुलाई कार्यालयमा बोलाएर छुट्टाछुट्टै छलफल गरेकाे मुख्यमन्त्री कार्यालय श्राेतले जनाएकाे छ ।मोरङका सांसदहरुसंगको छलफलमा  मुख्यमन्त्री राईले आफु वृहत विराटनगरको पक्षमा रहेकाले सोही अनुसार सबैलाई पायक पर्ने स्थानमा स्थायी राजधानी ताेक्ने तयारीमा रहेकाे बताए । तत्काल नामको बिषयमा सहमति नजुटे नामलाई थाती राखेर  स्थायी राजधानी टुंग्याउने पक्षमा मुख्यमन्त्री देखिएका छन् ।  माेरङका ११ सांसद सहभागी छलफलमा  मोरङका सांसदहरुले  व्यवस्थापिका र कार्यापालिका एउटै शहरमा राख्न सुझाव दिएका छन्  ।

विवाद मिलाउन संसदीय दलको बैठक  : प्रदेश १ को नाम र राजधानी तोक्न ढिलाइ गरेको भन्दै प्रदेश सरकारको आलोचना अहिले भइरहेको छ । प्रदेशको नाम र राजधानीको बारेमा प्रदेशसभामा दुईतिहाइ बढी मत रहेको नेकपाभित्रै समान धारणा नभएकाले नेकपाले त्यसको टुङ्गो लगाउन संसदीय दलको बैठक बोलाएको छ ।असोज १५ र १६ गते विराटनगरमा संसदीय दलको बैठक बसी प्रदेशको राजधानी टुङ्गो लगाउने तयारी नेकपाले गरेको नेकपा संसदीय दलका सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए । उनले संसदीय दलको बैठकमा प्रदेशको नाम र राजधानीबारे पनि छलफल हुने जानकारी दिँदै नामलाई थाती राखेर राजधानी तोक्ने बिषयमा छलफल केन्द्रित हुने बताए । प्रदेश संसदीय दलको बैठकमा सबै सांसदलाई अनिवार्य उपस्थित हुन नेकपाले निर्देशन दिएको छ । प्रदेशको अस्थायी राजधानी रहेको विराटनगरलाई नै स्थायी राजधानी तोक्ने तयारी गरेको स्रोतले जनाएको छ । प्रदेश सरकारले भने विराटनगरलाई राजधानी कायम गर्दै प्रदेश सरकारका अन्य कार्यालय विकेन्द्रित गर्ने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्