दुहवीमा जेसिजको आयोजनामा मिनि म्याराथन हुदै

<span class='c1'>दुहवीमा जेसिजको आयोजनामा</span> <span class='c2'>मिनि म्याराथन हुदै</span>

बिराटनगर असोज १२ , सुनसरीको दुहवीमा दुहवी जेसिजले मिनि म्याराथन  प्रतियोगिता आयोजना गर्ने भएको छ । असोज १३ गते शनिवार हुने मिनि म्याराथुन प्रतियोगितामा २०० जनाले भाग लिन सक्ने जानकारी आयोजकले दिएको छ ।

“स्वस्थ्य मुटुकालागि दौड“ भन्ने मूल नाराकासाथ बिश्व मुटु दिवसको अवसर पारेर आयोजना गर्न लागिएको मिनि म्याराथुन दौड प्रतियोगिताको प्रथम हुने खेलाडीलाइ ११ हजार १ सय, दोश्रो हुने ८ हजार १ सय र तृतिय हुनेलाइ ५ हजार १ सय तथा मेडल प्रदान गरिने दुहवी जेसिजकी अध्यक्ष कञ्चन झाले बताइन ।

मिनि म्याराथन प्रतियोगितामा भाग लिन २०० को रजिस्टेसन रहेको जनाएको छ ।  शनिवार हुने मिनि म्याराथन प्रतियोगिता पछी  दुहवीका यूवाहरुलाइ लाइफगार्ड अस्पतालको सहकार्यमा स्वस्थ्य मुटु समन्धी जनचेतनामूलक कार्यक्रम समेत गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्