विराटनगर १४ मा प्राबिधिक समस्याले बन्द गरिएको वायोग्यास पुनः सुचारु, बन्द हैन मर्मत हुँदै थियाे

<span class='c1'>विराटनगर १४ मा प्राबिधिक समस्याले बन्द गरिएको वायोग्यास</span> <span class='c2'>पुनः सुचारु, बन्द हैन मर्मत हुँदै थियाे</span>

विराटनगर, १२ असोज । विराटनगर १४ मा रहेको श्रीकृष्ण गोसेवा सदनले संचालनमा ल्याएर केही दिन बन्द भएको वायोग्यास फेरी सुचारु भएको छ।
यस अघि वायोग्यास प्लान्टमा प्राविधि समस्या आएपछि झण्डै एक महिना ग्याँस उत्पादन बन्द भएको थियो । गत भदौ ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको एक साता नबित्दै प्लान्टमा प्राविधिक समस्या आएको थियो । समस्या आएपछि स्थानियवासीको घरमा करिब एक महिना ग्यास वितरणमा रोकिएको नेपाल उर्जा कम्पनीका प्राविधिक हरिशरण श्रेष्ठले जानकारी दिए ।
बायोग्यास प्लान्टबाट पाइपलाइनमा ग्यास वितरण गर्दा बिजुली गडबड हुदा ‘मेम्ब्रेम’ मा समस्या आएपछि मर्मतका लागि ग्यास वितरण बन्द गरिएको उनले बताए । प्लान्टबाट ग्यास वितरणमा समस्या आएपछि भारतबाट प्राविधिक बोलाइएको थियो । सिड कन्सल्टेण्ट एण्ड इन्जिनियरिङ दिल्लीबाट आएका इन्जिनियरसहितको टोलीले मर्मत गरी वायो ग्यासलाई पुन ः संचालनमा ल्याएका छन् ।
गौसेवा सदनका प्रबन्धक सन्तोष यादवका अनुसार ‘बिजुलीमा आएको गडबडीले स्टेप्लाइजरमा समस्या देखिएपछि केहीदिनयता ग्यास उत्पादन रोकिएको थियो ।’
गौशाला भित्र रहेको २ सय ७ वटा गाईको गोवर संकलन गरी ग्यास उत्पादनलाई निरन्तरता दिईएको छ । गौशालादेखि करिब २ सय मिटर टाढा रहेका ३२ वटा घरमा पहिलो चरणमा वायोग्यास जडान गरिएको छ । केही समयपछि अरु ४८ घरलाई पाईप लाईनबाट ग्यास पुर्याउने योजना रहेको छ ।
विश्व बैंकको ८४ लाख लगानीमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पाइप लाईन मार्फत स्थानीयवासीको भान्सासम्म ग्यास बाल्न शुरु भईसकेको छ । वि.सं. २०४२ सालमा स्थापना भएको सामुदायिक स्तरको गौशालाबाट निस्किएको गोबरलाई कसरी सदुुपयोग गर्ने भन्ने समितिको छलफलपछि वैकल्पिक बायोग्यास संचालनमा ल्याईएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्