सुनसरी, १२ असाेज । सुनसरीमा आयुर्वेदिक औषधी (ट्यावलेट) सेवन गर्दा अड्किएर एकजनाको मृत्यु भएको छ । आज दिउँसो ईटहरी उप-महानगरपालिका-३ बस्ने सन्तोष सारुमगरको श्रीमती अन्दाजी बर्ष २४ की शान्ति मगरले ग्यास्टिकको आयुर्वेदिक औषधी सेवन गर्ने क्रममा घाँटीमा अड्कन गई घाइते भए पश्चात तत्काल उपचारको लागि बि.पि.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ ।