सुनसरीको हरिनगर गाउँपालिकाको जैविक खेतीमा जोड

<span class='c1'>सुनसरीको हरिनगर गाउँपालिकाको</span> <span class='c2'>जैविक खेतीमा जोड</span>

इनरुवा, असोज १३ । बढ्दो रासायनिक मल र विषादीको प्रयोगले मानव स्वास्थ्यमा नकारात्मक असर पर्न थालेपछि सुनसरीको हरिनगर गाउँपालिकाले जैविक खेतीमा जोड दिएको छ । जैविक मलको विधि र रासायनिक खेतीको विधिको तुलनामा बराबर वा अधिक उत्पादन जैविकमै हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको हो ।

खेतमा असर नपर्ने र मानव स्वास्थ्यमा समेत कुनै असर नपर्ने तथा सबैतिर फाइदा नै फाइदा रहेकाले जैविक खेतीमा जोड दिएको किसान रामशागर मेहताले बताउनुभयो । जैविक खेती गर्दा उर्वरता एवं कृषकहरूको उत्पादकत्व बढाउन सहयोगी भएकाले यही खेती गरेको उहाँको भनाइ छ । उहाँले तरकारी बालीमा वर्षामा आधारित क्षेत्रमा जैविक खेतीको विधि प्रयोग गरेको जानकारी दिनुभयो ।

जैविक विधिद्वारा खेती गर्नका लागि उत्पादनको लागत पनि कम हुने र कृषकले राम्रो आम्दानी गर्न सक्ने भएकोले जैविक खेतीमा मोह बढेको हरिनगर कृषि सेवा केन्द्रका कृषि प्राविधिक भुवनेश्वर यादवले बताउनुभयो । यहाँका चार सय किसानले जैविक विधिमा खेती गरेका र उनीहरूले अधिक लाभ प्राप्त गरेको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्