लाहानमा मोबाइल पसल फोडेर १७ लाखको मोबाइल चोरी

<span class='c1'>लाहानमा मोबाइल पसल फोडेर</span> <span class='c2'>१७ लाखको मोबाइल चोरी</span>

बिराटनगर असोज १३ । सिराहाको लहानमा एउटा मोबाइल पसलको सटर फोडेर चोरी भएको छ। गएराति लहान बजारको हाम्रो मोबाइल पसलको सटर फोडेर करिब १७ लाख मूल्य बराबरको मोबाइल चोरी भएको हो ।

पसल सञ्चालक धनन्जय गुप्ताका अनुसार पसलमा ४७ थान महंगो मुल्य पर्ने मोबाइल चोरी भएको छ।
उक्त पसल इलाका प्रहरी कार्यालयको नजिकै रहे पनि मोबाइल पसल सटर फोडेर चोरी हुदासमेत प्रहरीले केहि थाहा पाएनन् ।

लहानका डिएसपी राजेश थापाले चोरहरुको क्रियाकलाप सिसिटिभीमा कैद भएकाले चोरी गर्ने समुहको खोजी कार्य जारी राखेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्