हिमाली जिल्ला ताप्लेजुङका ठूला योजनाहरुको काम ठप्प

<span class='c1'>हिमाली जिल्ला ताप्लेजुङका ठूला</span> <span class='c2'>योजनाहरुको काम ठप्प</span>

ताप्लेजुङ, १३ असाेज ।  हिमाली जिल्ला ताप्लेजुङका ठूला योजनाहरुको काम ठप्प भएको छ । उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्ग आयोजनाको कार्यालयमार्फत सञ्चालित अयोजनाहरु बन्द भएका हुन् ।नियमित रुपमा सञ्चालन गरिनुपर्ने अयोजनाहरु निर्माणको जिम्मा लिएका ठेक्केदार कम्पनीहरुले निर्माण कार्य गरेका छैनन् । त्यस कार्यालयबाट ठेक्का लागेर निर्माण कार्य गरिरहनु पर्ने अवस्थाका योजनाहरु ठप्प हुँदा अब विकास निर्माण कार्य नहुने हो कि भन्ने स्थानीयहरुमा चिन्ता उब्जेको छ ।

उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्ग आयोजनाको कार्यालय नै रहने नरहने अन्योल भएपछि निर्माणको काम नगरेको ठेकेदारहरुको भनाई छ । ४ वटा आयोजनाको ठेक्का पाएको सेवालुङ निर्माण सेवा प्रा.लि.का प्रोपाईटर जसबहादुर लिम्बुले कार्यालयले लाइन लेवल नदिएका कारणले आफूले काम नगरेको बताउनुभयो ।

तमोर करिडोरको मुख्य उद्गम विन्दुमा रहेको बानन्दे दोभान सडकको नाली बनाउने तथा ग्रावेल गर्ने काम ४ करोडमा ठेक्का पाएको सेवालुङ निर्माण सेवाले काम अहिले सम्म थालेको छैन ।

त्यस्तै सेवालुङ निर्माण सेवाले गएको वर्ष १६ करोडमा ठेक्का पाएको फुङलिङ नगरपालिका र मिक्वाखोला गाउँपालिका जोड्ने मोटर रेवलपूलको काम पनि अहिले  भएको छैन ।

गएको आर्थिक वर्षमा एकापट्टिको पिल्लर उठाई सकिएको छ । तर, अर्कापट्टिको पिल्लर उठाउन कार्यालयका प्राविधिक र ठेकेदार दुवैको माइन्युट गरि लाइन लेवल लिनुपर्ने हुन्छ । अहिले कार्यालयमा कुनै पनि कर्मचारी तथा प्राविधिक नभएका कारण त्यसोे हुन नसकेकाले यो ठूलो योजना ठप्प रहेको प्रोपाईटर लिम्बुले बताउनुभयो । यस आर्थिक बर्ष लागेयता अहिले सम्म सो पुलको काम हुन सकेको छैन ।

उता, चीनसँग जोडिने ताप्लेजुङ–ओलाङचुङगोला सडक खण्डमा पर्ने तावाखोला र थिवाखोलामाथिको मोटरेबल पुल ४÷४ करोडको ठेक्का भए पनि अहिले यो आर्थिक वर्षमा काम भएको छैन । आगामी २०७६ साल असार मसान्तसम्ममा काम सकिनुपर्ने भए पनि ३० प्रतिशत काम मात्र भएको छ । अब अन्योल भएमा ठेक्का अवधिमा काम गर्न कठिन हुने सेवालुङ निर्माण सेवाले जनाएको छ ।

त्यस कार्यालयबाट ठेक्का भई अहिले काम सञ्चालन भइरहनु पर्नेे १४ वटा निर्माणका आयोजनाहरु रहेका छन् । कार्यालयमा कुनै बजेट नआएको र काम गर्नु या नगर्नु भन्ने अन्योल भएकोले ती योजनासमेत ठेकेदारहरुले सञ्चालन नगरेको बताइएको छ । कार्यालयका निमित्त प्रमुख तथा लेखापाल रामकुमार खनालले आफूले साउनदेखि तलब नखाएको र अहिलेसम्म अफिस रहने नरहने कुनै जानकारी नआएको बताउनुभयो । गएको आर्थिक वर्षमा ४२ करोड रकम आए पनि यो वर्ष कुनै रकम विनियोजन नभएको लेखापाल खनालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्