मोटरसाईकल दुर्घटना हुँदा ३ जना घाइते

<span class='c1'>मोटरसाईकल दुर्घटना हुँदा</span> <span class='c2'>३ जना घाइते</span>

सुनसरी,  १३ असाेज । सुनसरीको दुहबी नगरपालिका-१०  दुहबी-ईनरुवा सडक खण्डमा दुई मोटरसाईकल एक आपसमा ठक्कर खाँदा ३ जना घाइते भएका छन् । आज बिहान  पूर्वबाट पश्चिम तर्फ जादै गरेको को.४ प. ५१०६ नम्बरको मोटरसाईकल र को.३० प. ९४७ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा को .४ प. ५१०६ नम्बरको मोटरसाईकल चालक दुहबी १ प्रासटोकी बस्ने बर्ष ४५ को अहमद मिँया र पछाडी सवार निजकै श्रीमती बर्ष ४० की खुस्बुल खातुन घाइते छन् ।  प्रहरी चौकी औरावनीबाट खटिएको प्रहरीको टोलिले घाइतेलाई उद्धारगरी उपचारकोलागि जीवन ज्योति अस्पताल दुहबी पठाएकोमा थप उपचारका लागि बिराटनगर तर्फ रेफर गरीएको छ । अर्का मोटरसाईकल चालक ईनरुवा ७ चाँदवेला बस्ने बर्ष २७ क रामकृष्ण सिंहको स्थानीय क्लिनिकमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्