विराटनगरमा जितियाको रन्को, जितिया सबै समुदायमा विस्तार हुँदै

<span class='c1'>विराटनगरमा जितियाको रन्को, जितिया</span> <span class='c2'>सबै समुदायमा विस्तार हुँदै</span>

विराटनगर, १४ असोज ।
सन्तानको दीर्घायुको कामनासहित तराइम मधेशमा मनाईने जितिया पर्वको पुर्व सन्ध्यामा अप्पन विराटगढ परोपकार समाजले विराटनगरमा जितिया पर्व समारोह आयोजना गरेको छ । भानु कलाकेन्द्रकी अध्यक्ष माया पौडेलले केहि दशक अघिसम्म तराइ मधेशका महिलाले मात्र मनाउने जितिया पर्व पछिल्लो समय अन्य समुदायमा समेत विस्तार हुंदै गएको बताईन् । विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दीरा कार्कीले चाडपर्वले एक समुदायले अर्को समुदायलाई जोड्ने महत्वपुर्ण भुमिका निर्वाह गर्ने भएकाले जितियाको बिशिष्ट महत्व रहेको सुनाईन् । सबैको पर्बको रुपमा स्थापित हुँदै गएको जितीयाले एक अर्कोलाई जोड्दै गएको धारण अधिकांश सहभागीको थियो ।
संघीय समाजबादी फोरम नेपालका अध्यक्ष राजकुमार यादवले तराइमधेश संस्कृतीको उद्गम र समृद्ध थलो रहेको बताए । उनंले देशभित्रका संस्कृतीलाई संरक्षण गर्न बिशेष कार्यक्रम ल्याइनुपर्ने बताए । जितियाको अबसरमा आयोजित कार्यक्रममा मैथिली संस्कृतिसंग जोडिएको विभिन्न नृत्य प्रस्तुत गर्नुकासाथै चर्चित गायक कलाकारहरुले गित गाएर मनोरञ्जन प्रदान गरेका थिए । अप्पन विराटगढले सातौं संस्करणको अबसरमा जितिया उत्सवको रुपमा कार्यक्रम आयोजना गरिएको संस्थाकी अध्यक्ष बसुन्धरा झाले जानकारी दिईन् । महेन्द्र मोरङ क्याम्पसमा आयोजित कार्यक्रममा कला संस्कृती प्रेमी, प्रतिष्ठित कलाकार,नाट्यकर्मी र राजनितिक दलका नेता तथा जनप्रतिनिधि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्