साउनमा मात्र मूल्य वृद्धि ४दशमलव २ प्रतिशत बढ्याे

<span class='c1'>साउनमा मात्र  मूल्य वृद्धि</span> <span class='c2'> ४दशमलव २ प्रतिशत बढ्याे</span>

काठमाडौं, १४ असाेज।  साउनमा ४.२ प्रतिशत मूल्यवृद्धि भएको छ । अघिल्लो वर्षको साउनमा यस्तो मूल्यवृद्धि दुई दशमलव तीन प्रतिशत थियो । यस अवाधिमा खाद्य पेय पदार्थको मूल्य बढेका कारण समग्रमा मूल्यवृद्धि बढ्न गएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले निकालेको तथ्याँकअनुसार यस आर्थिक वर्षको पहिलो महिना साउनमा गैर खाद्य वस्तु तथा सेवा समूहको मूल्यवृद्धि पाँच दशमलव दुई प्रतिशत रहेको छ । गएको आर्थिक वर्षमा यो वृद्धिदर चार दशमलव नौ प्रतिशत रहेको थियो ।

मूल्यवृद्धिको अवस्थालाई क्षेत्रगत रुपमा हेर्दा पहाडमा सबैभन्दा बढी र हिमालमा सबैभन्दा कम मूल्यवृद्धि देखिएको छ । साउनमा पहाडमा ५.३, तराईमा ४.१, काठमाडौंमा उपत्यकामा ३.५ र हिमालमा २.७ प्रतिशतले मूल्यबृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्