निर्मला हत्या प्रकरण : एसपी विष्ट, उनका छोरा र मेयरका भतिजा तीनै जनाको डीएनए मिलेन

निर्मला हत्या प्रकरण : एसपी विष्ट, उनका छोरा र मेयरका भतिजा तीनै जनाको डीएनए मिलेन

कञ्चनपुर असोज १४  । बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको हत्यामा संलग्नको पहिचानका लागि गरिएको डिएनए परीक्षणमा एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए परीक्षणको रिपोर्ट आएको छ । एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनएको रिपोर्ट आएको हो ।

डिएनए परीक्षण गरिएका तीनैजनाको डिएनए म्याच नभएको उच्च प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुबेर बहादुर कठायतले रिपोर्ट मेल नखाएको बताए। कठायतले भने, ‘तीनै जनाको रिपोर्ट आएको छ। तर, मेल खाएन।’

उनीहरु तीनैजनाको नमुना संकलन गरी डिएनए परीक्षण गरिएको थियो ।  प्रहरी प्रधान कार्यालय नक्सालले एसपी विष्टको डिएनए परीक्षणका लागि टोलीसमेत गठन गरेको थियो।

साउन १० गते साथी रोशनी बमको घर गएकी १३ वर्षीया पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट विहान उखुबारीमा शव भेटिएको थियो । तर, उनको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्