सुनसरीकाे बराहमा सर्पदंशबाट महिलाको मृत्यु

सुनसरीकाे बराहमा सर्पदंशबाट महिलाको मृत्यु

सुनसरी, १४ असाेज। सुनसरीको बराह नगरपालिका-१ काे कोलेनीमा  सर्पदंशबाट १ महिलाको मृत्यु भएको छ ।  घर बाहिर आँगनमा निस्किएको बेला सर्पले टोकेर सोही स्थान बस्ने ४१ बर्षीया उषा दाहालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । सर्पले टोकेर घाईते भएकी दाहाललाई ईटहरी स्थित आर्मी व्यारेकमा उपचार पश्चात थप उपचारको लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा आईतबार  मृत्यु भएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्