प्रहरीमा ठूलो संख्यामा खुल्यो भर्ना , यस्तो छ माग !

<span class='c1'>प्रहरीमा ठूलो संख्यामा खुल्यो भर्ना</span> <span class='c2'>, यस्तो छ माग !</span>

काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, सहयोगी लगायत ठूलो संख्यामा समावेशी प्रावधान अनुसार भर्नाका लागि विज्ञापन खुलाएको छ ।

सोमबार खुलेको विज्ञापनमा प्रहरी निरीक्षकका लागि १०८, प्रहरी सहायक निरीक्षकमा ५२४, प्रहरी जवानमा ६२४४, प्रहरी  कार्यालय सहयोगी (भान्छे)मा ३२०, प्रहरी कार्यालय सहयोगी(हजाम)मा १५, प्रहरी कार्यालय सहयोगी(सिलाई÷बुनाई)मा १२, प्रहरी कार्यालय सहयोगी(कुचिकार)मा १४, प्रहरी कार्यालय सहयोगी(मोचि)मा ९ र प्रहरी कार्यालय सहयोगी(खेलाडी)मा ३० जनाको माग गरिएको छ ।

प्रहरी निरीक्षकको लागि स्नातक, प्रहरी सहायक निरीक्षकको लागि प्रमाणपत्र तह, प्रहरी जवानका लागि कक्षा ८ पास र अन्य सहायक पदका लागि सामान्य लेखपढ गर्न जान्ने शैक्षिक योग्यता तोकिएको छ ।

प्रहरी निरीक्षक तथा प्रहरी सहायक निरीक्षकका लागि यही असोज १८ देखि आगामी कार्तिक २९ गते सम्म महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौं, १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर, ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा, ४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखरा, ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ, ६ नम्बर प्रदेश प्रहरी कार्यालय सुर्खेत र ७ नम्बर प्रदेश प्रहरी कार्यालय दिपायलमा आवेदन दिन सकिने जनाइएको छ ।

विज्ञापनमा प्रहरी जवान तथा अन्य सहयोगीको हकमा पनि सोही मितिमा दरखास्त आह्वान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्