काठमान्डौमा पनि जितिया पर्व भव्य रूपमा मनाइने

<span class='c1'>काठमान्डौमा पनि जितिया पर्व</span> <span class='c2'>भव्य रूपमा मनाइने</span>

काठमाडौंँ, असोज १५ गते । पूर्वी तराईका थारू महिलाको पर्व जितिया भव्यरुपमा मनाउन उपत्यकामा बासोबास गर्ने थारूले तयारी थालेका छन् । मङ्गलबार जितिया पर्व उपत्यकासहित तराईका जिल्लामा मनाइन्छ ।
थारू महिला निराहर व्रत बसेर परिवारका सदस्यको स्वास्थ्य तथा दीर्घायुको कामना गर्दै यो पर्व मनाउँछन् । जितियामा सूर्य भगवान्को व्रत तथा उपासना महिलाले गर्छन् । राजधानीमा बस्ने थारु महिलाले छुट्टाछुट्टै स्थानमा जितिया पर्व मनाउने तयारी गरेको संस्थाका सदस्यले जानकारी दिनुभयो ।

थारु कल्याणकारिणीसभा अन्तर्गतको भ्रातृ सङ्गठन थारु महिला सभाले १६ गते नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा जितिया पर्व भव्यरुपमा मनाउने तयारी गरेको सभाकी अध्यक्ष तारा चौधरीले बताउनुभयो । सो कार्यक्रमको उदघाटन पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने तय भएको सभाले जनाएको छ ।

त्यस्तै, थारु महिला समाज नामक स्वतन्त्र संस्थाले जितियाको अवसरमा कार्यक्रमको तयारी थालेको समाजकी अध्यक्ष गीता चौधरीले बताउनुभयो ।
सोहीअनुसार मङ्गलबार नै थारु सांस्कृतिक सङ्गीत विकास मञ्चले पनि जितियाको अवसरमा कार्यक्रम गर्ने तयारी गरेको छ । मञ्चले आइतबार पत्रकार सम्मेलन गर्दै जितियाको कार्यक्रमबारे जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्