धनकुटामा जिप दुर्घटना हुँदा  दुईजनाको मृत्यु

धनकुटामा जिप दुर्घटना हुँदा  दुईजनाको मृत्यु

धनकुटा असोज १५ । धनकुटाको साँगुरीगढी गाउँपालिकामा जिप दुर्घटना हुँदा  दुईजनाको मृत्यु भएको छ।

सोमबार बिहान साँगुरीगढी गाँउपालिका–१० तम्राङबाट सुनसरीको धरानतर्फ जाँदै गरेको को १ज १८२१ नम्बरको जिप साँगुरीगढी गाउँपालिका–९ हर्दियामा दुर्घटना भएको हो ।

मृत्यु हुनेहरुमा साँगुरीगढी गाँउपालिका–१० की ३१ वर्षीया सनमाया राई र पाँचथर जिल्ला घर भई साँगुरीगढी गाँउपालिका–१० मा बस्दै आएकी ६१ वर्षीया माया सुनुवारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

दुर्घटनामा परी अन्य १४ यात्रु घाइते भएका छन् । घाईतेहरुलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । जिप बिहान करिब १० बजे अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्