राजविराज कारागारका एक कैदीको मृत्यु

<span class='c1'>राजविराज कारागारका एक</span> <span class='c2'>कैदीको मृत्यु</span>

सप्तरी असोज १५ । राजविराज कारागारका एक कैदीको आइतबार मृत्यु भएको छ ।

चोरी मुद्दामा ९ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि कैद जीवन बिताइरहेका छिन्नमस्ता गाउँपालिका, लोखरम टोलका ३८ वर्षीय सन्तोष साहको उपचारका क्रममा मृत्यु भएको हो ।

कारागारका निमित्त जेलर सत्यनारायण यादवले साहको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा आइतबार राति ९ः१३ बजे निधन भएको जानकारी दिए ।

यसअघि पनि पटक–पटक ज्वरो आएपछि साहलाई उपचारका लागि अस्पताल लगिए पनि परीक्षणका क्रममा कुनै रोग भने नदेखिएको निमित्त जेलर यादवले बताए । साहलाई ८ महिनाअघि कारागारमा ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्