एक नम्बर प्रदेशको नाम र राजधानी टुङ्ग्याउन नेकपा संसदीय दलको बैठक विराटनगरमा शुरु

<span class='c1'>एक नम्बर प्रदेशको नाम र राजधानी टुङ्ग्याउन</span> <span class='c2'>नेकपा संसदीय दलको बैठक विराटनगरमा शुरु</span>

विराटनगर, १५ असोज । एक नम्बर प्रदेशको नाम र राजधानीको बिषय टुङ्ग्याउन एक नम्बर प्रदेश नेकपा संसदिय दलको बैठक विराटनगरको फन एण्ड फुड रिसोर्टमा शुरु भएको छ । प्रदेशको नाम र राजधानीको बिषयमा चर्को बहस शुरु हुन थालेपछि संसदिय दलको बैठक शुरु भएको हो । मुख्यमन्त्री शेरधन राईले आन्तरिक गृहकार्य गर्दै मन्त्रालय छर्ने तथा प्रदेश सभा ईटहरी सार्ने तयारी गरेको बिषयले चर्चा लिईरहेको बेला संसदिय दलको बैठक शुरु भएको हो । प्रदेशको नाम र राजधानी तोक्न ढिलाइ गरेको भन्दै चौतर्फी आलोचना भइरहेको बेला प्रदेश नम्बर १ को सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले राजधानीको टुङ्गो लगाउन आजदेखि छलफल शुरु गरेको छ । प्रदेशको नाम र राजधानीको बारेमा प्रदेशसभामा दुई तिहाइ बढी मत रहेको नेकपा भित्रै मतान्तर भईरहेका बेला नेकपाले त्यसको टुङ्गो लगाउन संसदीय दलको बैठक बोलाएको हो ।
संसदीय दलको बैठकमा प्रदेशको नाम र राजधानी बारे पनि छलफल भएपछि स्थायी राजधानी तोकिने संभावना रहेको नेकपा संसदीय दलका सचेतक बुद्धिकुमार राजभण्डारीले बताए । संसदिय दलको बैठकमा सबै संसदहरुलाई अनिवार्य गरिएको छ । संसदिय दलको बैठक आज र भोली २ दिन चल्ने छ ।
प्रदेशसभा गठन भएको ७ महिना बितिसक्दापनि राजधानी र नाम बारे सरकारले औपचारी धारणा सार्बजनिक गरेको छैन । तर मुख्यमन्त्री राईले कार्यपालिका बिराटनगरमा र ब्यवस्थापिका ईटहरी लैजाने कुराले बिराटनगरमा तरंग छाएको छ । तरंगित अबस्थाकै बिचमा आज देखि नेकपाको संसदिय दलको बैठक बसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्