झापामा ठूलो परिमाणको मरिच सहित २ पक्राउ

झापामा ठूलो परिमाणको मरिच सहित २ पक्राउ

झापा,  १५ असाेज । झापाको मेचीनगर नगरपालिका-४ प्रसाद गौडा स्थित मदन पाण्डेको घरबाट प्रहरीले ठूलो परिमाणको मरिच सहित २ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकडभिट्टबाट खटिएको टोलीले २ लाख ५६ हजार ५ सय मूल्य बराबरको ४ सय ५० किलो मरिच सहित मेचिनगर नगरपालिका-७ बस्ने वर्ष ४५ को गोपाल बुढाथोकी र बर्ष ४० को अम्बर थापा मगरलाई पक्राउ गरेको हो ।  अवैध मरिच लुकाई राखेको भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले खान तलासी गर्ने क्रममा उक्त परिमाणको मरिच फेला पारी बरामद गरेको प्रहरीले जनाएकाे छ ।   बरामद मरिच सहित दुबै जनालाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्