प्रदेश प्रहरी कार्यालय विराटनगरले ल्यायो, चाडवाड लक्षित सुरक्षा योजना

प्रदेश प्रहरी कार्यालय विराटनगरले ल्यायो, चाडवाड लक्षित सुरक्षा योजना

विराटनगर, १६ असोज । नजिकिदै गरेको बडादशैं, दिपावली तथा छठ पर्वलाइै लक्षित गरी एक नम्बर प्रदेश प्रहरी कार्यालयले नयाँ सुरक्षा योजना सार्बजनिक गरेको छ । एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर मातहतका सबै जिल्लाहरुमा हुनसक्ने सम्भावित अपराधिक घटना नियन्त्रणको लागि सुरक्षा योजना ल्याएको हो ।
प्रहरीले आपराधिक घटना नियन्त्रण, राजमार्ग र सहायक मार्गहरूमा हुन सक्ने अवाञ्छित कार्य, दुर्घटना न्यूनिकरणलाई पहिलो प्राथमिकतामा राखेको छ । त्यस्तै बित्तिय संस्थाहरु, मेला, हाटबजार, धार्मिक मठ–मन्दीर, व्यापारिक केन्द्र सरकारी कार्यालयहरू तथा महत्वपूर्ण प्रतिष्ठानहरूमा हुन सक्ने चोरी लुटपाटका घटनाहरुलाई पनि प्राथमिकतामा राखेर सुरक्षा योजना बनाएको हो ।
त्यस्तै सीमा क्षेत्रमा हुन सक्ने चोरी तस्करी र चोरी निकासी पैठारी नियन्त्रण, पटका, आतिसबाजी लगायतका प्रतिवन्धित बिष्फोटक पदार्थको आयात र प्रयोगमा पूर्णतया रोक लगाउने पनि तयारी थालेको प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी अतिरिक्त महानिरीक्षक (डिआईजी) केदार रिजालले जानकारी दिए । चाडवाडमा हुने सुरक्षा योजनालाई प्रभावकारी बनाउनको लागि निम्न योजनाहरु अघि सारेको छ ।

चाडवाड लक्षित यस्ता याेजना
१.लामा तथा छोटो दुरीका भाडाका सवारी साधनहरूले यात्रुसँग बढी पैसा असूल गर्ने, दुब्र्यवहार गर्ने, क्षमता भन्दा बढी यात्रु राख्ने जस्ता कार्य हुन गर्न नदिन यात्रुहरूको सुरक्षालाई दृष्टिगत गरि बसपार्क लगायत सवारी चाप बढी हुने स्थानमा यात्रु सहायता कक्षहरु स्थापना गरिएको छ । कतिपय स्थानमा यात्रु सहायता कक्षहरु स्थापना हुने क्रममा रहेको साथै राजमार्गरसहायक राजमार्गहरूमा चेकजाँचको भरपर्दो व्यवस्था मिलाईएको र निगरानीको लागि सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको ।
२.चाडपर्वको मौका छोपी उद्योगपति, ब्यापारीहरू, राजमार्गमा चल्ने सवारी साधनहरूबाट आर्थिक सहयोगको नाममा जवरजस्ती चन्दा संकलन, चिठ्ठा उपहार कार्यक्रम जस्ता गतिविधीहरु नियन्त्रणकोलागि सादा पोशाकमा प्रहरी परिचालन गरी निगरानी बढाईएको ।
३.गुण्डा गर्दीमा संलग्न तथा अपराधिक पृष्ठभूमी भएका मानिसहरु माथि गोप्य रुपमा निगरानी बढाईएको ।
४.सर्व साधारणहरूले बैंक तथा वित्तीय संस्थाहरूबाट रकम झिक्ने, सरसामान किनमेल स्थानहरुमा हुन सक्ने चोरी, लुटपाट, डकैती जस्ता घटनाहरू हुन गर्न नदिन निगरानी बढाईएको ।
५.बैंक तथा वित्तीय संस्थाहरूसँग समन्वय गरी नियमित पालो पहराको व्यवस्था मिलाईएको ।
६.धार्मिक स्थल मठ–मन्दीरमा आउने दर्शनार्थीहरुको सुरक्षाको लागि सरोकारवालासँग समेत समन्वय गरी सुरक्षाकर्मी परिचालनको व्यवस्था मिलाईएको र सादा पोसाकका कर्मचारी परिचालन गरी सूचना संकलन तथा गोप्य रुपमा निगरानी बढाईएको ।
७ बजारमा खाद्यान्न लगायत अत्यावश्यक उपभोग्य बस्तुहरूको बिक्रीबितरणलाई सहज बनाई राख्न सरोकारवालाहरुसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउन ८ बजारमा कृत्रिम अभाव श्रिजना गर्न, कालोबजारी, अस्वाभाविक मूल्यबृद्धि जस्ता कार्य हुन गर्न नदिन, प्रभावकारी रूपमा अनुगमनको व्यवस्था मिलाउन र सबै उद्यमी, ब्यापारीहरूलाई अनिवार्य मूल्य सूचि राख्न लगाउन सरोकारवाला निकायहरुसँग समन्वय गर्न निर्देशन दिईएको ।
९.अवैध मदिरा उत्पादन तथा बिक्री बितरण, जुवातास, लंगुरबुर्जा जस्ता गतिविधीलाई कडाईका साथ नियन्त्रण गर्न संभावित स्थानहरुमा निगरानी बढाउन छुट्टै टोली परिचालन गरिएको ।
१०.चाडपर्बहरूको बेलामा पटका, आतिशबाजी लगायतका विष्फोटक पदार्थहरूको आयात, ओसार–पसार हुन नदिन सीमावर्ती नाकाहरुमा थप जनशक्ति परिचालन गरी कडाईका साथ चेकजाँचको व्यवस्था मिलाईएको साथै प्रयोग नगर्न नगराउन पूर्व सूचना गर्न गराउन मातहत कार्यालयहरुलाई निर्देशन दिईएको ।
११. सीमा क्षेत्रमा हुन सक्ने तस्करी, लुटपाट गर्ने, ठगी जस्ता घटना हुन नदिन नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाईएको, सादा पोशाकमा प्रहरी परिचालन गरिएको ।
१२.लामो दुरीका सार्वजनिक सवारी साधनहरुमा अनिवार्य दुईवटा चालक राख्ने व्यवस्था मिलाईएको र सडक सुशासन र सार्वजनिक यातायातको साधनहरुको सहज आवागमन र दुर्घटना न्यूनिकरण गर्न ठाँउ ठाँउमा ट्रफिक प्रहरीबाट नियमित अनुगमनको व्यवस्था मिलाईएको, रिफ्रेसिङ सेन्टरहरुलाई सक्रिय बनाईएको ।
१३.स्थानीय प्रशासन तथा अन्य सुरक्षा निकायहरुसँग समेत समन्वय गरी सुरक्षाकर्मी परिचालन गरिएको ।
१४.मिसावट युक्त मासु तथा रोगी पशु(पंक्षीको बिक्री वितरण हुन गर्न नदिन सम्बन्धित निकायसँग समन्वय गरी अनुगमन गरिएको र निगरानी बढाइएको ।
१५. सुनचाँदी पसल लगायत आर्थिक कारोबार धेरै हुने व्यवसायिक प्रतिष्ठानहरुको सुरक्षा प्रभावकारी बनाउन गोप्य रुपमा निगरानी बढाईएको ।
१६.खाली घरहरुको सुरक्षा व्यवस्था मिलाउन सादा पोशाकमा प्रहरी खटाउनुका साथै गस्तीको व्यवस्था मिलाईएको ।
१७.तिहारको देउसी(भैलोको समयमा हुनसक्ने झै–झगडा र संभावित अन्य विवादको रोकथाम गर्न देउसी भैलो खेल्ने समय तोक्न स्थानीय प्रशासनसँग समन्वय गरिएको ।
१८. चाड पर्व लक्षित ग्रामिण गस्ती, सीमा गस्ती , राजमार्ग गस्ती टाढा–टाढाका वस्तीहरुलाई मध्यनजर गर्दै रुट पेट्रोलियम व्यवस्था मिलाईएको ।
१९. पैदल गस्ती, साइकिल गस्ती र सवारी गस्तीलाई बढाईएको ।
२०. थप मद्दतको रुपमा परिचलान गर्नको लागि रिजर्भ जनशक्तिलाई तयारी अवस्थामा राखिएको ।
२१. शहर तथा गाउँका भित्री एरियामा सादा पोशाकमा प्रहरी परिचालन गरिएको ।
२२. सीमा क्षेत्रबाट आवागमन गर्ने व्यक्ति तथा सवारी साधनहरुमा कडा चेकजाँचको व्यवस्था मिलाउनुको साथै निगरानी बढाईएको ।
२३. मुख्य राजमार्ग, सहायक मार्गहरु लगायत भित्री ईलाकाहरुमा समेत संयुक्त कडाई खानतलासी व्यवस्था मिलाईएको ।
२४. होटल तथा लजहरुमा चेकजाँचको व्यवस्था मिलाईएको ।
२५. संचार माध्यमहरुबाट जनचेतनाको लागि सुरक्षा सम्बन्धि सन्देश प्रचार प्रसारको लागि समन्वय गर्न मातहत कार्यालयहरुलाई निर्देशन दिईएको ।
२६.आवश्यकता अनुसार शंकित स्थानमा म्यन क्लषाष्लन को व्यवस्था मिलाईएको ।
२७. सुरक्षा सम्बन्धि विविध जनचेतनामूलक कार्यक्रमहरु सँचालन गरिएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्