इटहरीमा १६ बर्षिय युवाको शव भेटियो , प्रहरीको लापरबाहीले हत्या भएको परिवारको दाबी

इटहरीमा १६ बर्षिय युवाको शव भेटियो , प्रहरीको लापरबाहीले हत्या भएको परिवारको दाबी

इटहरी असोज १६ । डढेको अवस्थामा इटहरी ११ का १६ बर्षिय इन्ताज खानको शव भेटिएपछि आफन्तहरुले प्रहरीको लापरबाहीले घटना घटेको आरोप लगाएका छन्
५ दिन अर्थात शुक्रबारदेखि वेपत्ता भएका खानको खोजीमा इटहरी प्रहरीले चासो नदेखाएको कारणले हत्या भएको आफन्तजनले आरोप लगाएका हुन । शनिबार साझ मात्र इलाका प्रहरी कार्यालय इटहरीमा जानकारी गराएका आफन्तहरुले खानको खोजीमा प्रहरीले चासो नदेखाएको मृतकका काका मोहमद रसुलले बताए
भतिज हराएको बिषयमा डिएसपी शिव श्रेष्ठलाई जानकारी गराएपनि ‘गाडी छैन, तपाईहरु आफै खोज्नु’ भन्ने जवाफ दिएको रसुलले बताए । ‘खनार चौकी र डिएसपीलाई जानकारी गराएपनि प्रहरीले चासो देखाएनन्’ उनले भने ‘आफै परिवारका सदस्यहरुले खोजी गर्रौ । तर अहिले निर्मम रुपले हत्या गरिएको अवस्थामा शव भेटियो
यता, प्रहरीले खनारका ४ जना खानकै साथीहरुलाई अनुसन्धानको लागि इटहरी ल्याएको थियो । तर आईतबार साझ खनारका स्थानिय नेता भागवत चौधरी र खड्ग चौधरीको पहलमा ४ जनालाई छाडिएको थियो । अनुसन्धानको लागि नियन्त्रणमा लिएका ४ जना मध्ये एक जनाले आईतबार नै हालको घटना स्थलमा खोज्न भनेका थिए । ‘तर प्रहरीले त्यो कुरालाई पनि ध्यान दिएन’ रसुल भन्छन् ‘अहिले दाई (मृतकका बुवा) आफैले बिहान त्यो एरियामा खोज्दा शव भेटाएका हुन’
घटनास्थल नजिक कुखुराको फर्म रहेको छ । अनुसन्धानको लागि नियन्त्रणमा लिइएका युवाहरुले ‘कुखुरा फर्म आसपास खोज्नु भन्दा पनि प्रहरीले त्यस तर्फ चासो नलिनु’ प्रहरीको ठुलो कमजोरी भयो स्थानिय हम्मुदिन मियाले भने । ‘प्रहरीले चाहेको भए शनिबारदेखि खोजी गर्दा केही न केही भेट्ने थियो’
‘प्रहरीले खान हराएको बिषय गम्भीर रुपले लिएन, साथीहरुसँग कतै गएको वा केही दिनपछि घर फर्कने अड्कल काटेको थियो । तर घटना सोचे अनुरुप उल्टो भइदियो’ मिया भन्छन् । मियाका अनुसार मृतक खानको अनुहार र खुट्टामा धारिलो चिजले काटेको चोट छ । ‘हत्या गरेर शरिरमा आगो लगाइएको छ, यो नियोजित घटना हो’
खानलाई अन्य कुनै स्थानमा हत्या गरि धान खेतमा फालेको हुन सक्ने खनारका स्थानिय नेता रोहित कार्कीले बताए ‘मान्छे हराएपछि प्रहरीले खोज्नु पर्छ, तर इटहरीका डिएसपीले चासो दिएनन्, पक्राउ परेका मान्छेलाई पनि छाडियो यो प्रहरीको ठुलो कमजोरी हो’ कार्कीले भने
यता प्रहरीले घटनामा शंकाष्पद ६ जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा यस अघि अनुसन्धानको लागि ल्याइएका चार जना सहित अन्य दुईजना छन् ।।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्