सप्तरी हनुमाननगरका स्थानीयवासी अशुद्ध पानी पिउन बाध्य

<span class='c1'>सप्तरी हनुमाननगरका स्थानीयवासी अशुद्ध</span> <span class='c2'>पानी पिउन बाध्य</span>

राजविराज, रासस । सप्तरी हनुमाननगरका स्थानीयवासी अशुद्ध पानी पिउन बाध्य भएका छन् ।

हालै आएको बाढीबाट प्रभावित हनुमाननगर कङ्कालनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका झण्डै ५०० घरपरिवार दुर्गन्धित पानी पिउन बाध्य भएका हुन् ।

घर आँगनमा बाढी पसेपछि त्यहाँ रहेका ट्युबेलको पानीमा अहिले लेदो आउन थालेपछि उनीहरु स्वच्छ पानी पिउनबाट वञ्चित भएको स्थानीयवासी आकाश यादवले बताए । ट्युबेलमा लेदो र दुर्गन्धित पानी आउन थालेपछि त्यहाँका हजारौँ वासिन्दा त्यही पानी पिउन बाध्य भएको बाढीपीडित राम सदाले बताए । दुर्गन्धित पानी खाएकै कारण अहिले सो क्षेत्रका वासिन्दा बिरामी पर्न थालेको बताइएको छ ।
दुर्गन्धित पानी पिउने गरेका कारण अहिले बाढीपीडितमा झाडापखाला, निमोनिया, रुघाखोकी, आँखा पाक्ने र घाँटी दुख्नेजस्ता रोगहरु देखिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्