धनकुटाका सवारी चालकको आँखा परीक्षण गर्न सडकमै शिविर सञ्चालन

धनकुटाका सवारी चालकको आँखा परीक्षण गर्न सडकमै शिविर सञ्चालन

धनकुटा असोज १५। धनकुटाका सवारी चालकको आँखा परीक्षण गर्न सडकमै शिविर सञ्चालन गरिएको छ ।

चालकको आँखामा समस्या भएमा दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै धनकुटा नगरपालिका वडा नं. ६ को समन्वय र नेत्रज्योति संघ धनकुटाको प्राविधिक सहयोगमा डा. रामप्रसाद पोख्रेल आँखा अस्पताल, जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटा र जिल्ला प्रहरी कार्यालय धनकुटाको संयुक्त आयोजनामा सरस्वती चोकमा सडकमै आँखा परीक्षण शिविर सञ्चालन गरिएको हो ।

शिविरमा १ सय १२ जना सवारी चालकको आँखा परीक्षण गराएको ट्राफिक कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।

परीक्षणको क्रममा अधिकांश सवारी चालकमा एलर्जीको लक्षण देखिएको र ४५ जनालाई निःशुल्क औषधि वितरण गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्