विना लाईसेन्स र रक्सीको भरमा विराटनगरमा जेसिवी रातारात चल्छन् ( भिडियाे रिपाेर्ट सहित)

विना लाईसेन्स र रक्सीको भरमा विराटनगरमा जेसिवी रातारात चल्छन् ( भिडियाे रिपाेर्ट सहित)

विराटनगर, १६ असोज ।
विराटनगर महानगरपालिकामा एसियाली बैकंको सहयोगमा एकीकृत शहरी वातावरणीय सुधार परियोजनाको काम भईरहेको छ । परियोजना अन्तगर्त विराटनगर रोडशेष देखी रानी सिकीयाई नहरसम्म अहिले नाला बनाउने कामले गति लिएको छ । यसको ठेक्का बिराटनगरको बोहरा गु्रपले संचालनमा ल्याएको भुमि कन्ट्रक्सनले नाला बनाउने पारेको छ । तर यो नाला बनाउने काम कसरी हुन्छ ? त्यो तपाईले देखे भन्दा फरक पाईएको छ । यसरी नाला बनाउनको लागि प्रयोग हुने जेसिबीका चालकको भुमिका अनी उनले चलाउने जेसिबी नियम संगत चलाएका होलान् त ? त्यो अहिलेसम्म कसैको पनि खोजिको बिषय बनेन । हो त्यही नाला निर्माणमा प्रयोग गरिएको जेसिवीका एक जना डाईभर जो बिना लाईसेन्स जेसिवी चलाएर काम गरिरहेका भेटिए ।
उनीसँग जेसिबी चलाउने न त लाईसेन्स थियो, न त आधिकारिक कुनै प्रमाणपत्र नै । उनी मस्तले एक बोतल रक्सीको तालमा जेसिवी चलाएको अबस्थामा भेटिए । उनले रक्सीको उनले नाला बनाउने कामदारहरुलाई समेत जोखिमपुर्ण तरिकाले जेसिवीको डब्बा भित्र हालेर ओसार पसार गरेको भेटिएको छ । विहानै देखि राती अबेरसम्म नाला बनाउन कामदारहरु व्यास्त हुन्छन्, तर अनी रात परेपछि त्यही जेसीवीको डब्बामा बसेर वासस्थान तिर फर्कन्छन् ।
साँझको समयमा गौतम बुद्ध स्कुल नजिकै पुरानो गन्जी मिल भित्रको खाली जमिनमा वास बस्ने स्थानमा यसैगरी जेसिबीको डब्बामा बसेर पुग्ने गरेका छन् । केही दिन अगाडी मात्र रातको समयमा दुई जना कामदार उक्त डब्बाबाट खस्नबाट जोगिएको उनीहरु मध्यकै एक कममदारले बताए । एक बोतल रक्सीको झोकमा डाईभरले तीव्रगतिमा कुदाएका कारण जेसीवीले उफारेर झण्डै रोडमा लड्न पुगेको कामदारहरुले आक्रोस पोखे..... ।
जेसिवीका चालक मस्त मदिरा पिएर खुलेआम विना लाईसेन्स त्यति ठुलो सवारी कुदाईरहेको ओवीले फेला पारेको छ । चालक स्वयमले एक बोतल मात्र पिएको भनेर स्विरकार समेत गरेका छन् । मदिराको नशामा लठ्ठ भएर कुदेको जेसिबीले ठुला दुर्घटना टारेको छ । कामबाट फर्कदै गर्दा जेसीवीको ठक्करबाट धन्न बचेको उनले एक कामदार युवाले सुनाए । दिउसोको समयमा त ठिकै छ तर रातको समयमा भने समस्या हुनेको गरेको उनीहरुको अनुभव छ ।
भगवान भरोसा तर अहिलेसम्म कुनै अप्रिय घटना भने घटेका छैनन् । तर यो हैन की भोलीको दिनमा विना लाईसेन्स र मदिराको सुरमा कुनै पनि अप्रिय घटना घटेको समाचार सुन्न नपरोस ।
यसरी खुलेआम विना लाईसेन्स जेसिबी चलाईरहदा ट्राफिक प्रहरीले भने त्यस्ता बिषयमा कुनै सोधीखोजी गरेको समेत पाईँदैन । जेसीवी चलाउने धेरै चालकहरुसँग लाईसेन्स छैन । विना लाईसेन्स जेसीवी चलाउने चालकलाई अनुसन्धनको दायरा ल्याएर अझै कानुनी कार्वाहीको दायरामा ल्याउन सकेको छैन । विना लाईसेन्स त्यो पनि मदिराको सुरमा सवारी चलाएर धेरै नै दुर्घटनाका भएका समाचारहरु आईरहँदा यस्ता बजारका बिचमा हुने गतिबिधिलाई रोक्न सक्नुपर्छ । अन्यथा आजको सानो गल्तीले भोलीको दिनमा पछुताउनुको बिकल्प छैन ।

यस्ताे  छ, प्रेम देवानकाे स्थलगत रिपाेर्ट -

https://www.facebook.com/ourbrt/videos/302932063770979/

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्