सोलुखुम्बुको नवनिर्मित जिल्ला प्रहरी कार्यालय भवन उद्घाटन

सोलुखुम्बुको नवनिर्मित जिल्ला प्रहरी कार्यालय भवन उद्घाटन

बिराटनगर, १६ असाेज । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको नव निर्मित प्रहरी कार्यालय भवनको आज समुद्धाटन गरिएकाे छ । उक्त भवनको आज  संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एक कार्यक्रमका विच समुद्घाटन गरेका हुन् ।  ३ करोड ४६ लाख ६९ हजार ४ सय १० रुपैंया ६ पैसाको लागतमा निर्माण सम्पन्न भएको उक्त कार्यालय भवन सहित हिरासत कक्ष, प्रहरी कर्मचारीहरुको लागि आवास र भान्सा घर र मेस रहेका छन् । समुद्घाटन कार्यक्रम पश्चात बोल्दै प्रहरी महानिरीक्षक खनालले प्रहरी जनताको सेवक भएकोले हर-हमेसा देश र जनताको सुरक्षामा कटिबद्ध भई अगाडी बढ्नु पर्ने कुरामा जोड दिदै प्रहरी कर्मचारी आँफै कुनै पनि घटनाको कारक नबनी बिभागीय नीति निर्देशन अनुसार अघि बढ्न र राजनैतिक आडमा हुने गुण्डागर्दी बिरुद्ध कठोर रुपमा उत्रिन समेत निर्देशन दिए । उक्त कार्यक्रममा राष्ट्रिय अनुसन्धान आयोगका मुख्य निर्देशक दिलिपराज रेग्मी, १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजाल, सोलु-दुधकुण्ड नगरपालिकाका मेयर जाङ्बु शेर्पा लगायत बिभिन्न सुरक्षा निकाय, सरकारी तथा गैह्र-सरकारी संघ संस्थाका पदाधिकारीहरु, स्थानीय लगायत प्रहरी कर्मचारीहरुको उपस्थिती  थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्