बलात्कारकाे अाराेपमा युवा पक्राउ

<span class='c1'>बलात्कारकाे अाराेपमा</span> <span class='c2'>युवा पक्राउ</span>

पाँचथर, १७ असाेज । जबरजस्ती करणी गरेको आरोपमा पाँचथरबाट प्रहरीले १ युवकलाई पक्राउ गरेको छ । गत असोज १३ गते पाँचथर फिदिम नगरपालिका-१२ बस्ने २६ बर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा सोही स्थान बस्ने बर्ष १९ को सुमन केरुङलाई पक्राउ गरेको हो । केरुङले रातको समयमा युवतीको घरमा गई मोबायलमा भएको फोटो देखाउने बहाना बनाई जबरजस्ती करणी गरेर फरार भएका थिए । युवतीले दिएको उजुरीको आधारमा केरुङलाई खोजतलास गर्ने क्रममा गाउँघरमै लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ । पक्राउ परेका केरुङलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखी थप अनुसन्धान भईरहेको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्