उदयपुरमा पाँच बलात्कारीलाई दश वर्ष जेल सजाए

<span class='c1'>उदयपुरमा पाँच बलात्कारीलाई दश</span> <span class='c2'>वर्ष जेल सजाए</span>

गाईघाट, रासस । उदयपुरको कटारी नगरपालिका–४ का एक १४ वर्षीय बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई जिल्ला अदालतले मङ्गलबार दश वर्ष ६ महीना जेल सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले बालिका बलात्कार गर्ने पाँचै जनालाई जेल सजायसँगै रु दुई लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो । दण्ड सजाय पाउने चारै जनाको उमेर १५ वर्षदेखि १८ वर्ष रहेको छ । जिल्ला अदालतका नायब सुब्बा कमला निरौला १६ वर्ष नपुगेका एक जनालाई तत्काल सुधारगृहमा पठाउने तथा १६ वर्ष माथिकालाई कारागार पठाउने तयारी भइरहेको छ । पन्ध्र वर्षीय अभियुक्तलाई भने सात वर्ष जेल सजायको फैसला भएको हो ।

विसं २०७४ भदौ १६ गते पाँचै जनाले कटारीको खेलकूद मैदानमा १४ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । बालिकाको अभिभावकको उजुरीको आधारमा गत भदौ १७ गते चार जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय कटारीले बलात्कारसमबन्धी मुद्दा दर्ता गरेको थियो । एक जना अझै फरार रहेका छन् ।

तुलसा एक महीनादेखि बेपत्ता 

उदयपुरको त्रियुगा नगरपालिका–७ चकलाघटीकी १८ वर्षीया तुलसा पोखरेल एक महीनादेखि बेपत्ता छिन् । अभिभावकका अनुसार गत भदौ २० गते घरबाट कक्षा १२ को फारम भर्न विद्यालय जान्छु भनेर हिँडेकी पोखरेल अहिलेसम्म सम्पर्कमा आएकी छैनन् । उनको मोबाइलसमेत बन्द रहेकाले आफूहरु चिन्तामा परेको पोखरेलका दाजु पर्शुरामले बताए । सम्पर्कमा नभएका कारण प्रहरीलाई खोजी गर्न अनुरोध गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्