चाडपर्वलाई लक्षित मोरङमा प्रहरीको सुरक्षा-विराटनगरमा सादा पोशाकमा पैदल र साईकल गस्ती

चाडपर्वलाई लक्षित  मोरङमा प्रहरीको सुरक्षा-विराटनगरमा सादा पोशाकमा पैदल र साईकल गस्ती

 

प्रेम देवान
विराटनगर, १७ असोज । मोरङ जिल्लामा पछिल्लो समय अपराधिक गतिविधीका घटनाहरु श्रृंखलावद्ध घटिरहेका छन् । अझ धेरै घनाबस्ती रहेको विराटनगर महानगरपालिका भित्र झन् यस्ता घटनाहरु एकपछि अर्को गर्दै भईरहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आउदै गरेको चार्डपर्वलाई लक्षित गरी एम्वुस नितिसँगै करिब एक हजारबढी प्रहरी परिचालन गरिने जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवम् प्रहरी उपरीक्षक मनोजकुमार केसीका अनुसार अन्य समय भन्दा चाडपर्वमाबढी लुटपाट, चोरी, झै–झगडा जस्ता अपराधिक गतिविधीका घटना घट्ने भएका कारण सुरक्षा परिचालनमा विशेष चासो दिईएको हो । ‘आउँदै गरेको दशै, तिहार, म्हँ पूजा, छठमा पर्व सर्वसाधारण जनताले हर्षोल्लासका साथ मनाउने वातावरण वनाउनका लागि विशेष सुरक्षा रणनीति अपनाउने योजनामा छौ’ एसपी केसीले भने, जिल्ला प्रहरी कार्यालय मोरङले जिल्लालाई ९ क्षेत्रमा विभाजन गरी सुरक्षाका लागि ९ सय ५० प्रहरी परिचालन गरिनेछ ।’
यस्तै वित्तीय संस्था, सुनचाँदीका लगायतका अन्य पसलहरुमा सादा पोशाकमा हतियार सहितको प्रहरीको व्यवस्था गरिएको एसपी केसीले बताए । यसैगरी सीमाक्षेत्रमा विशेष सर्तकता, मुख्य मार्ग तथा सहायक मार्गमा सवारी चेकजाँचको विशेष व्यवस्था, जुवातास नियन्त्रण, मादक पदार्थ विक्री वितरण क्षेत्रमा विशेष निगरानी, मादक पदार्थ सेवन गरी सवारी साधन संचालक विशेष अनुगमन, पटका नियन्त्रण, व्यस्त क्षेत्र यौन दुर्ब्यवहार नियन्त्रण आदि लगायतका रणनीति जिल्ला प्रहरी कार्यलयले बनाएको छ ।
चाडपर्वका वेला सीमा क्षेत्रवाट हुने हातहतियार ओसारपसार नियन्त्रण, अवैध पैठारी नियन्त्रण, लागुपदार्थ ओसारपसार नियन्त्रणमा सर्तकता, समाजमा शान्ति सुरक्षा भङग गर्ने लाई नियन्त्रण आदि कार्यमा विशेष सर्तकता अपनाइने भएको छ । यस्तै जिल्ला प्रहरी कार्यालयले गाँउ टोलका घरमा चोरी तथा लुटपाट नियन्त्रणको विशेष सुरक्षाका अनुरुप एम्वुस नीति ल्याएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्