विराटनगरको सन्सारी माईस्थानमा दिन दहाडै यस्ताे घटना, गहना र नयाँ कपडा मात्र चोरी

विराटनगरको सन्सारी माईस्थानमा दिन दहाडै यस्ताे घटना,  गहना र नयाँ कपडा मात्र चोरी

विराटनगर, १७ असोज ।
जिल्ला प्रहरी कार्यालयले सुरक्षा सम्बन्धी योजना सार्बजनिक गरेकै दिन बिराटनगरको सन्सारी माईस्थानमा चोरी भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर १० सन्सारी माईस्थानकी उर्मिलादेबी मण्डलको घरमा चोरी भएको हो ।

बुधवार साँझ उनको घर भित्र रहेको नेपाली रुपैयाँ २५ हजार र २० हजार भारतीय भारु रुपैयाँ चोरी भएको हो ।


त्यस्तै गरगहना समेत चोरी भएको छ । गर गहना २ वटा कानको सुनको टप, २ वटा औठी, एउटा तिल्हरी, एउटा नाँैगेडी समेत चोरी भएको उर्मिलाले बताईन् । त्यस्तै ८ तोला सुनको सुनको सिक्री, चाँदीको ३ जोडी पाउजु, र ५ तोला चाँदी चोरी भएको उनको भनाई छ ।


त्यस्तै घरमा रहेको नयाँ लता कपडा समेत छानी छानी चोरी गरेको उनले बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्