राजविराज एकै दिन ७० वर्षीया वृद्धा र १४ वर्षीया बालिका बलात्कृत

राजविराज एकै दिन ७० वर्षीया वृद्धा र १४ वर्षीया बालिका बलात्कृत

राजविराज असोज १८  : सप्तरीमा ७० वर्षीया वृद्धा बलात्कृत भएकी छन्। उदयपुरको त्रियुगा नगरपालिका ३ घर भई दुई महिनादेखि भाइको घरमा बस्दै आएकी ७० वर्षीया वृद्धा मंगलबार राति बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।

 

घरमा सुतिरहेका बेला मादक पदार्थ खाएर आएका खडक नगरपालिका- ८ मुसहर्नियाका ४० वर्षीय रोहित सदाले बलात्कार गरेको पीडितले प्रहरीलाई जानकारी गराएको एसपी राजेन्द्र विष्टले बताए। घटनाको खबर पाएलगत्तै अनुसन्धानका लागि एसपी विष्ट घटनास्थल पुगेका थिए।

उनले फरार आरोपितको पहिचान भइसकेकाले छिट्टै पक्राउ पर्ने बताए। घरपरिवारका सदस्य जितिया पर्वको मेला हेर्न गएको र नातिनी छिमेकमा टिभी हेर्न गएका बेला घटना भएको बताउँदै एसपी विष्टले बताए।

वृद्धासँगै सोही दिन सप्तरीमा १४ वर्षीया बालिका समेत बलात्कृत भएको सप्तरी प्रहरीले जनाएको। डाकनेश्वरी नगरपालिका १ का १६ वर्षीय किशोरले बलात्कार गरेको भन्दै निजकी आमाले जिल्ला प्रहरी कार्यालयमा बिहीबार उजुरी दिएकी छन्।

आफ्नो घरको धारामा भाँडाबर्तन धोइरहेका बेला मंगलबार दिउँसो आरोपितले जबरजस्ती नियन्त्रणमा लिइ घरभित्र लगेर बलात्कार गरेको पीडितले बताइन्। घटनाका बेला पीडितकी आमा गाउँतर्फ गएकी थिइन्।

उनका बाबु भने वैदेशिक रोजगारमा छन्।आरोपित फरार रहेकाले खोजी भइरहेको एसपी विष्टले बताए। सप्तरी जिल्लामा असोज महिनामा मात्र पाँचवटा बलात्कार र एउटा बलात्कार प्रयासको उजुरी दर्ता भएको प्रहरीको तथ्यांकले देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्