भोजपुरबाट नेपाल वायुसेवा निगमको हवाई उडान शुरु,विराटनगर सोमबार उडान हुने

भोजपुरबाट नेपाल वायुसेवा निगमको हवाई उडान शुरु,विराटनगर सोमबार उडान हुने

भोजपुर, असोज १८ गते । बन्द भएको करीब दुई महिनापछि आजदेखि नेपाल वायुसेवा निगमको हवाई उडान शुरु भएको छ । यसअघि भोजपुरबाट विराटनगर र काठमाडौँबाट उडान भर्दै आएको ट्वीनअटर जहाज मर्मतका लागि राखिएकाले साउन तेस्रो सातादेखि हवाइ सेवा बन्द भएको थियो ।

जहाजको मर्मत गरिएपछि निगमले नियमित सेवा शुरु गरेको छ । हवाई सेवा शुरु भएसँगै भोजपुर – काठमाडौँ सातामा शनिबार, मङ्गलबार, बुधबार, बिहीबार र शुक्रबार गरी पाँच उडान तथा विराटनगरमा सातामा एक दिन (सोमबार) उडान हुने निगम भोजपुरका सहायक प्रमुख राजु मिजारले बताउनुभयो ।

उडान सेवा पुनःसञ्चालन भएसँगै दशँैमा घर आउने तथा जाने यात्रुलाई सहज भएको छ । त्यस्तै उपचारका लागि भोजपुर अस्पतालबाट सुविधासम्पन्न अस्पतालमा सिफारिश गरिएका बिरामीलाई पनि राहत मिलेको छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्