एक नम्बर प्रदेश : संसदमा नाम र स्थायी राजधानीको बिषयले प्रवेश नपाउँदै सांसदका आक्रोश शुरु

एक नम्बर प्रदेश  : संसदमा नाम र स्थायी राजधानीको बिषयले प्रवेश नपाउँदै सांसदका आक्रोश शुरु

विराटनगर, १८ असोज । एक नम्बर प्रदेश संसदमा प्रदेशको नाम र राजधानीको बिषयले प्रवेश नपाउँदै सांसदहरुले गम्भीर रुपमा कुरा उठाउन थालेका छन् । एक नम्बर प्रदेशको नाम बहु पवहिचाननको अधारमा रहनु पर्ने तथा राजधानी सबैलाई पायक पर्ने गरी राख्नु पर्ने आवाज संसदमा उठेको हो । सांसदहरुले शुन्य समय तथा बिशेष समयमा बोल्दै संघीय समाजवादी फोरम संसदीय दलका नेता जयराम यादवले अस्थायी राजधानी जहाँ तोकिएको छ त्यहीँ नै भौतिक पुर्बाधारको हिसावले सुबिधा सम्पन्न भएकोले स्थायी राजधानी तोकिनु पर्ने बताए । बिभिन्न समयमा भएका आन्दोलनसँग सम्बन्धित सहमती र सम्झौतालाई फर्किएर हेर्नुपर्ने लगायतका बिषयहरुलाई पनि प्रदेशको राजधानीसँग जोडिएको बताए ।
उनले अहिले भईरहेको राजधानी चलाउन थाले त्यसले राम्रो परिणाम नल्याउने समेत बताए । सुरक्षाको बिषय, सिमा नाका नजिक, लगायतका बिषयहरु उठाएर राजधानी सार्ने चलखेल हुनु नहुने तर्क राख्दै यादवले नेपालको सिमा क्षेत्र भित्र रहेका सुबै नागरिकलाई सुरक्षाको प्रत्याभुती दिने दायित्व राज्यको भएको तर्क गरे । एक नम्बर प्रदेशको सबै सुबिधा सम्पन्न स्थान बिराटनगर नै भएकोले त्यस बिषयमा ध्यान दिएर निर्णय लिन सबैको ध्यानकर्षण गराए । शुन्य समयमा बोल्दै सांसद आशारत्न जबेगुले स्थायी राजधानी तोक्ने बिषय धनकुटा, सुनसरी र मोरङको बिषयहरु आईरहेको अबस्थामा प्रदेश सरकारको महत्वपुर्ण अंगहरु कार्यपालिका र ब्यवस्थापिका एकै ठाउँमा राख्नुपर्ने बताईन् । अहिले बजारमा आईरहेका कुराहरुले तरंगित पारेको भन्दै सुशासन र पारदर्शिताको लागि पनि सेवा प्रवाह एकै ठाउँबाट हुनु पर्नेमा जोड दिईन् । मन्त्रालय एकातिर संसद सभा भवन अर्कोतिर यी सबैकुरा हेर्दा ब्यवहारिक र वाञ्छनिय नलाग्ने उनको तर्क छ । संघीय लिम्बुवान राष्ट्रिय मन्चकी सांसद बिष्णुमायाँ तुम्बाहाम्फेले ईतिहाँस बोकेको लिम्बुवानलाई नामको रुपमा अगाडी नल्याए मन्त्री र संसदको घर घरमा पुगेर घेराबन्दी गर्ने चेतावनी दिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्