बिद्युत सर्ट भई आगलागी, ३३ लाख बढीको क्षति

बिद्युत सर्ट भई आगलागी, ३३ लाख बढीको क्षति

धनकुटा, १८ असोज । धनकुटाको महालक्ष्मी गाउँपालिका- ४ स्थित डाँडाखर्कमा ज्ञान बहादुरमगरको घरमा बिद्युत सर्ट भई आगलागी हुँदा ३ तले घर लगायत सम्पूर्ण सर सामान जलेर नष्ट भएको छ । आगलागी हुँदा १२ लाख ७ हजार ६ सय ४९ रुपैँया बराबरको क्षति भएको छ । त्यसैगरी छिमेकी कमला देबी खड्काको २ तले घर सहित अन्नपात, लत्ताकपडा, नगद ५ हजार ५ सय सहित ५ लाख ५७ हजार ३ सय ५० जलेर नष्ट भएको छ । रिपु श्रेष्ठको २ तले घर सहित सम्पूर्ण सामान सहित  ११ लाख९१ हजार ९ सय ५० र कालुमान राईको ३ तले घरमा आंशिक रुपमा क्षति हुँदाघरमा रहेको अन्नपात, लत्ता कपडा सहित अन्दाजी ३ लाख ५० हजार सहित जम्मा ३३ लाख ६९ हजार ९ सय ४९ रुपैंया बराबरको क्षति भएको हो । आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्