स्थायी राजधानीको माग गर्दै विराटनगरवासीले प्रदेश सभाका सभामुखलाई बुझाए ज्ञापन पत्र

स्थायी राजधानीको माग गर्दै विराटनगरवासीले प्रदेश सभाका सभामुखलाई बुझाए ज्ञापन पत्र

विराटनगर, १८ असोज ।
प्रदेशको स्थायी राजधानी विराटनगरलाई बनाउन माग गर्दै विराटनगरमा क्रियाशिल बिभिन्न ६३ वटा संघ संस्थाले १ नम्बर प्रदेश सभाका सभामुख र आन्तरिक मामिला तथा कानुन मन्त्री मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । पर्याप्त पूर्वाधार र सामथ्र्यका आधारमा एक नम्बर प्रदेशको राजधानी विराटनगर बाहेक अन्यत्र हुन नसक्ने दाबी सहित राजधानी बिराटनगर नै हुनु पर्ने माग राखेका हुन् । उद्योग संगठन मोरङ, मोरङ ब्यापार संघको अगुवाईमा नेपाल पत्रकार महासंघ मोरङ, प्याब्सन लगायतका विभिन्न संघ संस्थाले राजधानी हुने आधार सहितको ज्ञापनपत्र बुझाएका हुन् । एक नम्बर प्रदेशको राजधानीको लागि सबै आधारहरु बिराटनगर नै रहेको भन्दै त्यसको अन्यत्र स्थायी राजधानी खोजी रहनु पर्ने अबस्था नरहेको उनीहरुले बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । पर्याप्त आधार हुँदा हुँदै अन्यत्र लगे संघीयता र समृद्धिको नारा सार्थक नहुने भन्दै सभामुख र सरकारको ध्यानाकर्षण गराएको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए ।
ज्ञापनपत्र बुझ्दै सभामुख प्रदीपकुमार भण्डारीले विराटनगरका सरोकारवाले उठाएका उपर्युक्त सुझावको रुपमा सम्बन्धित ठाउँमा जानकारी गराउने बताए । उनले अहिले यो बिषयले संसदमा प्रबेश नै नगरेको अबस्थामा ध्यानकर्षणको रुपमा आएको बिषय सम्बन्धित ठाउँमा पुर्याउने बचन दिएका हुन । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले राजधानीको विषयमा संसदले ठोस निर्णय गर्ने भएको कारण अहिले नै आतिनु पर्ने अबस्था नरहेको बताए । तर राजधानीको बारेमा बिभिन्न दलहरुसँग छलफल कै क्रममा रहेकोले निर्णयमा पुग्न केही दिन लाग्ने बताए । ज्ञापन पत्र बुझाउने क्रममा विराटनगर महानगरपालिकाका उप मेयर ईन्दीरा कार्कीले स्थायी राजधानीको लागि संरचनाको ब्यवस्थापनको लागि जग्गाको अभाव हुन नदिने दाबी गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्