विराटनगरमा चोरी (भिडीयो अपडेट), दिन–दहाडै यसरी भएको थियो घटना

<span class='c1'>विराटनगरमा चोरी (भिडीयो अपडेट), दिन–दहाडै</span> <span class='c2'>यसरी भएको थियो घटना</span>

प्रेम देवान
विराटनगर, १८ असोज । जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार आँउदै गरेको चाडपर्वलाई लक्षित सुरक्षा योजना सार्बजनिक गर्यो । मोरङ जिल्लाभरी सादा पोसाकमा साईकल गस्ती सहितको प्रहरी परिचालन गर्ने योजना पनि सार्बजनिक भए । करिब एक हजार प्रहरी परिचालन गर्ने भन्दै पत्रकार सम्मेलन गरेको १२ घण्टा नबित्दै बिराटनगरमा एक घरमा चोरी भयो । मुख्य बजार मै दिउँसै चोरी भएको घटनाले सर्बसाधारण त्रसित भएका छन् ।
विराटनगर महानगरपालिका वडा नम्बर १० सन्सारी माईस्थानकी उर्मिलादेबी मण्डलको घरमा बुधबार दिउँसो ४ बजे चोरी हुँदै गर्दा उनी घरमा थिईनन् । घरमा कोही नभएको मौका छोपी चोरी भएको प्रहरील जनाएको छ । घरमा लगाएको ताला फोडेर चोरले नगद सहित गरगहना समेत चोरी भएको हो । उर्मिलादेवीको घरमा रहेको नेपाली र भारु सहित ५७ हजार रुपैयाँ नगद र सुन चादी चोरी भएको उर्मिलाका छोरा सञ्जय मंण्डलले ओबीलाई बताए । घरमा रहेको डिजिटल क्यामारा पनि चोरी भएको उनको भनाई छ ।
कानको सुनको २ जोर टप, २ वटा औठी, एउटा तिलहरी, एउटा नौगेडी समेत चोरी भएको उर्मिलाले बताईन् । आधा तोलको सुनको सिक्री, चाँदीको ३ जार पाउजु, ५ तोला चाँदी चोरी भएको उनको भनाई छ । त्यस्तै घरमा रहेको नयाँ लता कपडा समेत छानेर चोरी गरेको उनले बताईन् ।
यसरी दिन–दहाडै चोरी हुन थालेपछि मोरङ प्रहरीलाई पनि चुनौती थपिएको छ । उर्मिलादेवीको घरमा चोरी भएको विषयमा जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी डिएसपी निसान थापाले घटनको बारेमा जानकारी हुनसाथ सादा पोशाकमा प्रहरी खटाईसकेको बताए । चोरी भएको घटनाको बारेमा अनुसन्धान भईरहेको उनले जानकारी दिए ।
यस्तो छ, चोरी भएको स्थलको भिडियो

https://www.facebook.com/ourbrt/videos/311070903017713/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्