विराटनगरमा उपभोक्ता ठग्दै ब्यापारी, ४सय ७५को जुत्ता ३ हजार ९ सयमा बिक्री भएकाे भेटियाे

<span class='c1'>विराटनगरमा उपभोक्ता ठग्दै ब्यापारी, ४सय ७५को जुत्ता</span> <span class='c2'>३ हजार ९ सयमा बिक्री भएकाे भेटियाे</span>

विराटनगर, १९ असोज ।
विराटनगरमा खुलेका रडिमेट पसलले दशैको मुखमा अचाक्ली मुल्यबृद्धी गरी कालो बजारी गरेको पाईएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको नेतृत्वमा भएको अनुगमनका क्रममा रेडिमेट कपडा पसलले आठ गुणा भन्दा बढी मुल्यबृद्धी गरी कालो बजारी गरेको पाईएको हो । अनुगमनका क्रममा बिराटनगर मेनरोडमा रहेको ग्यालेक्सी मार्टले ४ सय ७५ मा खरिद गरेको जुत्ता ३ हजार ९ सय रुपैयाँमा बिक्री गर्ने गरेको भेटिएको वाणिज्य कार्यालय विराटनगरका निमित प्रमुख कुमार दाहालले जानकारी दिए ।
उनका अनुसार साकेत रेडिमेट पसलले पनि ४ सय ८२मा खरिद गरेको स्पोर्ट जुताको मुल्य एक हजार ५ सय ८५ रुपैयाँमा बिक्री गर्ने गरेको पाईएको हो। ती पसलले अनुमती नलिई चक्लेट, भुजीया, लगायतका खाद्यबस्तु समेत बिक्री बिक्री बितरण गरेको र कतिपय खाद्य सामाग्रीको उपभोग्य समय सकिएका भेटिएको अनुगमन टोलीका सदस्यहरुले बताएका छन् । दुबै पसलले दशैको मुखमा कालोबजारी गरेको भेटिएपनि प्रशासनले ७ दिन भित्र प्रशासनमा उपस्थित हुन भन्दै पत्र थमाएको छ ।
ग्यालेक्स्ी मार्टले ४ सय ५५ मा खरिद गरेको जिन्स पाईन्टको बिक्री मुल्य एक हजार ३ सय ७५ राखेको पाईएको थियो । साकेतमा पनि ४ सय पर्ने पाईन्टको बिक्री मुल्य एक हजार ३ सय राखेको पाईएको थियो । ‘अनुगमनका क्रममा ८ गुण सम्म मुल्य बढी राखेर कालो बजारी गरेको पाईयो’, वाणिज्य कार्यालयका निमित प्रमुख दाहाल भन्छन्, ‘सात दिन भित्र दुबै पसलका संचालकलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन भनिएको छ ।’ उद्घाेष दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्