प्रशासकीय इजलास गठनको तयारी

<span class='c1'>प्रशासकीय इजलास</span> <span class='c2'>गठनको तयारी</span>

काठमाडौं, १९ असाेज । उच्च अदालत मातहत रहने गरी प्रशासकीय इजलास गठनको तयारी तीव्र गतिमा अगाडि बढेको छ ।प्रशासकीय अदालतको सम्वन्धमा व्यवस्था गर्न बनेको विद्येयक प्रतिनिधि सभाबाट पारित भएपछि प्रशासकीय इजलास गठन प्रकृया अगाडि बढेको प्रशासकीय अदालतका सुचना अधिकारी कमलनारायण मास्केले नेपाल समाचारपत्रलाई जानकारी दिए ।  कर्मचारीको सरुवा, बढुवा र विभागीय कारबाही लगायतका प्रादेशिक क्षेत्राधिकार भित्रका मुद्दा हेर्नका लागि सरकारले राजपत्रमा सूचना प्रकाशन गरेपछि इजलास गठन गर्न सकिने प्रावधान बिद्येयक उल्लेख गरिएको छ । यसअघि केन्द्रमा प्रशासकीय अदालत रहने व्यवस्था थियो । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्