किष्ट बैंकका तत्कालीन प्रमुख कमल ज्ञवाली पक्राउ

<span class='c1'>किष्ट बैंकका तत्कालीन प्रमुख</span> <span class='c2'>कमल ज्ञवाली पक्राउ</span>

काठमाडौँ, १९ असाेज ।  किष्ट बैंकका तत्कालीन प्रमुख कमल ज्ञवाली पक्राउ परेका छन् । तीन वर्षदेखि फरार रहेका उनी भारतबाट पक्राउ परेको बताइएको छ । ज्ञवालीलाई उच्च अदालत पाटनले २०७३ जेठमा बैंकिङ कसुर तथा किर्ते जालसाजी मुद्दामा दोषी ठहर गरेको थियो । अदालतले उनीविरुद्ध रु १५ करोड जरिवाना र ४ वर्ष कैद सजाय सुनाएको थियो । त्यस लगतै ज्ञवाली फरार रहेका थिए ।उच्च प्रहरी स्रोतकाअनुसार महानगरीय अपराध महाशाखाको टोलीले सिमावर्ती भारतीय क्षेत्रबाट पक्राउ गरेर काठमाडौं ल्याइसकेको छ । ज्ञवाली पक्राउ गरेको बारे महाशाखाले कुनै सूचना सार्वजनिक गरेको छैन । ज्ञवाली पक्राउ बारे प्रहरीले आजै पत्रकार सम्मलेन गरी जानकारी दिने तयारी गरेको प्रहरी उच्च स्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्