सप्तरीमा बोक्सी भन्दै अमानवीय व्यवहार गरेको आरोपमा दुई जना पक्राउ

<span class='c1'>सप्तरीमा बोक्सी भन्दै अमानवीय व्यवहार</span> <span class='c2'>गरेको आरोपमा दुई जना पक्राउ</span>

सप्तरी असोज १९ । सप्तरीमा बोक्सी भन्दै अमानवीय व्यवहार गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विष्णुपुर गाउँपालिका–३ का ५१ वर्षीया पारुल माली, सोही ठाउँकी ३३ वर्षीया अनुरागीदेवी मालिन र ३३ वर्षीया सुनितादेवी मालिनलाई बोक्सी भन्दै कुटपिट गरेको आरोपमा सोही ठाउँका ४५ वर्षीय सियाराम यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

गत भदौ ३० गते यादवसहित उनका परिवारले बोक्सीको आरोप लगाई स्काभेटरले घर भत्काएर गाउँ निकालाको प्रयास गरेको पीडित अनुरागीदेवीले बताए । पक्राउ परेका यादवले जग्गा विवादमा आपसमा भएको झगडालाई अर्कै रुप दिई झुठा उजुरी दर्ता गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्