व्यापारीले अनावश्यक विवाद गरेपछि भद्रपुर भन्सार तीनदिनदेखि ठप्प

<span class='c1'>व्यापारीले अनावश्यक विवाद गरेपछि</span> <span class='c2'>भद्रपुर भन्सार तीनदिनदेखि ठप्प</span>

झापा, असोज १९ गते । व्यापारीले अनावश्यक विवाद गरेपछि भद्रपुर भन्सारमा तीनदिनदेखि ठप्प छ ।

गत सोमबार राजश्व तिरेभन्दा बढी कपडा लगेपछि प्रहरीले गोदामबाटै कपडा बरामद गरेको थियो । सोही विषयमा विवाद भएपछि व्यापारीले भद्रपुर भन्सार ठप्प बनाएका हुन् ।
भद्रपुर भन्सारका नायब सुब्बा विजय शाहीका अनुसार भन्सार परिसरबाटै राजश्व नतिरी बढी लोड गरिएको कपडा नियन्त्रणमा लिइएको हो । भन्सार ठप्प हुँदा रु ५० लाखको राजश्व गुमेको छ । 
व्यापारीले भन्सारको गोदाममा रहेको सामान लिनसमेत नआएको शाहीले जानकारी दिनुभयो ।
सूर्य अडर्स एण्ड सप्लायर्सको नाममा १३ पोका कपडा राजश्व तिरेर लैजाने क्रममा पाँच पोका कपडा बढी लगेपछि वडा प्रहरी कार्यालय भद्रपुरले गोदामबाटै सो कपडा नियन्त्रणमा लिएको थियो । सप्लायर्सको गोदामबाट वडा प्रहरी कार्यालय भद्रपुरले राजश्व तिरेको स्रोत नखुलेको पाँच पोका कपडा नियन्त्रणमा लिएको जनाएको छ ।(रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्