दुई मोटरसाईकल आपसमा जुझ्दा तीन जना घाइते

<span class='c1'>दुई  मोटरसाईकल आपसमा </span> <span class='c2'>जुझ्दा  तीन जना घाइते</span>

सुनसरी, १९ असाेज । सुनसरीको भोक्राह गाउँपालिका-४ जनता चौकमा २ वटा मोटरसाईकल एक आपसमा जुझ्दा दुर्घटना भई  ३ जना घाइते भएका छन् । दिउँसो  पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ४ प १६९१ नम्बरको मोटरसाईकल र भित्री सडक खण्डबाट राजमार्ग आउँदै गरेको को ६ प ३४९ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा परी को ६ प १६९१ नम्बरको मोटरसाईकल चालक ईटहरी-६ बस्ने संजय चौधरी, पछाडी सवार बराह नगरपालिका-७ बस्ने अच्युत खड्का र को ६ प ३४९ नम्बरको मोटरसाईकल चालक कोशी गाउँपालिका-२ बस्ने श्याम सुन्दर यादव घाईते भएका छन् । घाईते तीनै जनालाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्