दुहबी, १९ असाेज । सुनसरीको दुहबी नगरपालिका-११ स्थित तनमुनामा शुक्रबार बिहान पानीमा डुबेर शुक्रबार एक बालिका घाइते भएकी छन् । स्थान बस्ने समिर चौधरीको छोरी बर्ष २ कि धनलक्ष्मी चौधरी घर नजिकै खेल्ने क्रममा नजिकै पानी जमेको खाल्डोमा डुबेर घाईते भएकी हुन् । बालिकालाई उपचारको लागि बिराटनगर स्थित बिराट नर्सिङ होम पठाईएको ईलाका प्रहरी कार्यालय छिटाहाले जनाएको छ ।