लेक लागेर सोलुखुम्बुमा एक विदेशी नागरिकको मृत्यु

<span class='c1'>लेक लागेर सोलुखुम्बुमा एक</span> <span class='c2'>विदेशी नागरिकको मृत्यु</span>

सोलुखुम्बु, असोज २०  गते । लेक लागेर खुम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ ।

ताइवानी चेनारी च्याङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक उदयप्रसाद कटेलले जानकारी दिनुभयो । सगरमाथा आधार शिविर घुम्न आएका च्याङकोबिहीबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका– ४ स्थीत लबुचे मदर अर्थ भन्ने होटलमा आराम गरी बसैकै अवस्थामा मृत्यु भएको बताइएको छ । करीब ४५ वर्षीया च्याङ गत १३ गते नेपाल हाइटिङ टिम कम्पनी काठमाडौँमार्फत घुम्न आएका थिए । अहिले इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरीको टोली हेलिकप्टरमार्फत घटनास्थलमा पुगिसकेको बताइएको छ । आवश्यक कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि काठमाडौँ पठाइने छ ।  (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्