कटहरी–बथनाहा रेलमार्ग निर्माण : नेपाल पक्षले असहयोग गरेको निर्माण कम्पनीको आरोप

कटहरी–बथनाहा रेलमार्ग निर्माण : नेपाल पक्षले असहयोग गरेको निर्माण कम्पनीको आरोप

विराटनगर, २० असोज ।
कटहरी–बथनाहा रेलमार्गको प्रगतिबारे रेल विभागले जानकारी लिएको छ । रेल विभागको प्रमुख बलराम मिश्रसहितको टोलीले उक्त रेलमार्गबारे भारतीय पक्षका ठेकेदार कम्पनीसँग जानकारी लिएको हो । जानकारीका क्रममा भारतीय पक्षले रेल निर्माणका क्रममा सुरक्षा चुनौति रहेको, विद्युतको लाइनको प्रबन्ध नभएको गुनासो गरेका छन्। मिश्रले उक्त समस्या समाधानका लागि पहल गर्ने भारतीय पक्षलाई जानकारी दिए। भारतीय पक्षले आफूहरू समयमै काम सम्पन्न गर्न तयार भएको भएपनि नेपालकै विभिन्न समस्याले काममा केही अवरोध उत्पन्न भएको जनाएको छ।
भारतको बथनाहादेखि विराटनगर–१८ स्थित बुधनगरसम्मको ८ किलोमिटर क्षेत्रमा भने रेलको लिक विछ्याउने काम सम्पन्न भइसकेको छ। भारतीय निर्माण कम्पनी इर्कनले बथनाहा कटहरी रेल्वे परियोजना निर्माणको काम अन्तिम चरणमा पु¥याएको छ। बाँकी रहेको ८ किलोमिटर क्षेत्रमा पनि लिक बिछ्याउने काम भइरहेको छ। भारतीय ३ सय ७३ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त परियोजनाले हालसम्म २ सय ३५ करोड बजेट खर्च भइसकेको र बथनाहादेखि बुधनगरसम्म ९५ प्रतिशत काम भएको उक्त कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्