विराटनगर र धरानमा यसरी भएकाे थियाे अागलागी, १४ लाखको क्षति (भिडियाे सहित)

विराटनगर र धरानमा यसरी भएकाे थियाे अागलागी,  १४ लाखको क्षति (भिडियाे सहित)

विराटनगर, २० असाेज । एक नम्बर प्रदेश अन्तर्गत मोरङ र सुनसरीमा आगलागी हुदाँ १४ लाख १० हजार मूल्य बराबरको क्षति भएको छ । राती पौने १२ बजे मोरङको बिराटनगर महानगरपालिका-६ स्थित सरोचिया बस्ने शंकर सहनीको कवाडी गोदाममा अचानक आगलागी हुँदा नजिकै रहेको अमृत कामतको चिया पसलमा समेत आगलागी भएको थियो । आगलागीबाट सहनीको टिनको बेरा र छानो भएको १ तले गोदाम को १ ह ५८५५ नम्बरको सिटी सफारी र कामतको टिनको बेरा, छानो भएको चिया पसल जलेर नष्ट हुँदा  ८ लाख मूल्य बराबरको क्षति भएको हाे । आगलागी प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

https://www.facebook.com/ourbrt/videos/889842281405303/

त्यसैगरी सुनसरीको धरान उप-महानगरपालिका-१५ स्थित तुलसी बस्तीमा लिक बहादुर राईको घरमा फ्रिजबाट बिजुलीको तार सर्ट भई आगलागी हुँदा ६ लाख १० हजार मूल्य बराबरको क्षति भएको छ । आगलागीबाट राईको फ्रिज सहित कोठा, कोठा भित्र रहेको लत्ताकपडा र भाडा वर्तन समेत जलेर नष्ट भएकाे इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्