प्याब्सन विराटनगरको नयाँ नेतृत्वले जिम्मेवारी लियाे, विभेदकारी शिक्षा निती सच्याउन माग

प्याब्सन विराटनगरको नयाँ नेतृत्वले जिम्मेवारी लियाे, विभेदकारी शिक्षा निती सच्याउन माग

विराटनगर, २० असोज । प्याब्सन नगर विराटनगरको प्रथम अधिबेशनबाट कार्यसमितिमा निर्वाचित भएका नयाँ पदाधिकारीहरूले पदस्थापन गरिएको छ । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरि निर्वाचित भएका नयाँ पदाधिकारीहरूको पदस्थापन गरिएको हो । समितिको अध्यक्षमा निर्वाचित भएका इन्द्रकुमार राईको नयाँ नेतृत्वको टिमलाई निर्वाचन समितिका संयोजक डा. उद्धब पोखरेलले प्रमाणपत्र वितरण गरेका थिए ।
समितिको उपाध्यक्षमा मोहन बुढाथोकी, सचिवमा अर्जुन श्रेष्ठ, कोषाध्यक्ष शिवप्रसाद अधिकारी सह–सचिब नन्दलाल मण्डल रहेका छन् । सदस्यहरु हिरा थापा, पशुराम घिमिरे, कृष्ण श्रेष्ठ, अशोक लामा, भिम बहादुर राजवंशी र मिना आचार्य रहेका छन् ।
कार्यक्रममा बोल्दै प्याब्सनको सल्लाकार टिकारम पुरीले महानगरपालिका बनाउने शिक्षा नितीमा प्याब्सनले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए । उनले विद्यालय शान्ति क्षेत्र भनिएपनि यो भाषणमा मात्र सिमित भएको भन्दै प्रभावकारी कार्यन्वयन गर्नुपर्नेमा जोड दिए । नवनिर्वाचित नगरको अध्यक्ष इन्द्रकुमार राईले विभेदपूर्ण शिक्षा निती सच्याउन व्यापक रुपमा दबाव सृजना गर्ने बताए ।
उनले नयाँ आएको टिमलले रचनात्मक क्रियाकलापहरू गर्दै प्याब्सनलाई एक ढिका बनाएर अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य राजेश दास, बासुदेव न्यौपाने, प्रदेशको सचिब टिकाराम ढकाल, नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष विक्रम लुइटेल लगायले बधाइ तथा शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्