प्रयोगशाला गुणस्तर ब्यवस्थापन सम्बन्धि तालिम विराटनगरमा शुरु

प्रयोगशाला गुणस्तर ब्यवस्थापन सम्बन्धि तालिम विराटनगरमा शुरु

विराटनगर, २१ असोज ।
प्रयोगशाला गुणस्तर ब्यवस्थापन सम्बन्धि ३ दिने तालिम बिराटनगरमा शुरु भएको छ । मोरङ व्यापार संघ परिसरमा रहेको नेपाल वातावरणीय सेवा केन्द्रले तालिमको आयोजना गेको हो । मोरङ व्यापार संघ, विराटनगर महानगरपालिका, जिल्ला समन्वय समिति मोरङ, सुनसरी र झापा सरोकार निकायको सहकार्यमा तालिम आयोजना गरिएको छ ।
तालिमको समुद्घाटन गर्दै जिल्ला समन्वय समिति मोरङका अध्यक्ष नरेश पोखरेलले वातावरणको संरक्षण तथा खाद्य सुरक्षाका लागि गुणस्तर मापनका क्षेत्रमा कार्य गर्दै आएको संस्थालाइशर्् जिम्मेवार भएर काम गर्न आग्रह गरे । यस ल्यावलाई प्रदेश नं. १ को नमूना ल्याव बनाउन सकारात्मक रहेको प्रतिवद्धता समेत जनाए । जिल्ला समन्वय समितिले एक लाखको चेक समेत सोही अवसरमा हस्तन्तरण गरेको छ।
ल्याव संचालनपछि अभिभावकत्वको भूमिका निर्वाह गरेर संस्थालाई अगाडी बढाएकोमा मोरङ व्यापार संघका अध्यक्ष पवन कुमार सारडालाई धन्यवाद दिएका थिए ।
विज्ञ राम किसुन गिरीले कार्यक्रमको औचित्य माथि स्पष्ट पार्नु भएको थियो । जिसस सुनसरीकी सदस्य अहिल्या मेहताले नजिकै आईरहेको वडा दशैँ, दिपावली र छठ पर्वको शुभकामना दिएकी थिईन् । मारङ व्यापार संघका कार्यकारी सचिव राजुचन्द्र दाहालले स्वागत गरेको कार्यक्रममा संघका अध्यक्ष पवन कुमार सारडाले धन्यवाद व्यक्त गरेका थिए ।
सारडाले स्वदेशमा रहेका स्नातकोत्तर हासिल गरी वेरोजगार रहेका शिक्षित विद्यार्थीहरुलाईसंघ मार्फत रोजगारकोलागि व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरे । पानीका करिव ५४ वटा प्यारामिटर, खाद्य विषादी, ध्वनी र वायु परिक्षण गर्दै आएको सेवा केन्द्रले विगत लामो समय देखि निरन्तर सेवा दिँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्