दशैँका लागि घर जाँदै गरेका दम्पती दुर्घटनामा , श्रीमानकाे मृत्यु र श्रीमती

<span class='c1'>दशैँका लागि घर जाँदै गरेका दम्पती</span> <span class='c2'>दुर्घटनामा , श्रीमानकाे मृत्यु र श्रीमती</span>

काठमाडौं असोज २१ । दशैँका लागि घर जाँदै गरेका एक दम्पतीलार्इ ट्रकले ठक्कर दिँदा श्रीमानकाे मृत्यु र श्रीमती घाइते भएका छन् । काठमाडौंको नैकापमा उनीहरु सवार मोटरसाइकललाई पछाडिबाट अाएकाे ट्रकले ठक्कर दिँदा श्रीमानको मृत्यु भएको हाे । घाइते भएकी श्रीमतीको अवस्था पनि गम्भीर रहेको छ ।

नैकाप ओरालोमा शनिबार साँझ बा-७९ प नम्बरको मोटरसाइकललाई ना-६ प ३०४१ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएकाे हाे । मृत्यु हुनेमा स्याङ्जा पिँढीखोला घर भएका पुन थापा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।

दुर्घटनामा गम्भीर घाइते बनेकी पुनकी श्रीमती दिव्या थापाको हाल वीर हस्पिटलमा उपचार भइरहेको छ । उनका श्रीमानलार्इ पनि उपचारका लागि ट्रमा सेन्टर ल्याइएकाेमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्