झापा, २१ असाेज । झापाको भद्रपुर नगरपालिका-५ मेची खोला नजिकबाट प्रहरीले लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ । भारतबाट मे ६ प २३७२ नम्बरको मोटरसाइकलमा नेपाल तर्फ आउँदै गरेका भद्रपुर नगरपालिका- ७ बस्ने बर्ष ३२ को सुबर्ण श्रेष्ठ र झापा हल्दीबारी-१ बस्ने बर्ष ३४ को नारायण गुरुङलाई चेकजाँच गर्ने क्रममा गुरुङक साथबाट लागू औषध डाईजेपाम-८८ एम्पुल, फेनारगन-८८ एम्पुल र लुपिजेसिक- ८८ एम्पुल बरामद गरिएको हो । बरामद लागू औषध सहित दुवै जनालाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।